हेर्नुहोस्, क्रान्तिकारी माओवादी र नेकपा बीच एकता गर्ने यस्तो निर्णय गरे किरण र विप्लवले

क्रान्तिकारी ध्रुवीकरण र राष्ट्रिय अन्तराष्ट्रि दलाल विरुद्ध संयुक्त संघर्ष गर्ने

काठमाडौं । माओ दिवसको सन्दर्भ पारेर मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका शिर्ष नेताहरुको हालै सम्पन्न भएको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावसम्म आइपुग्दा दलाल पुँजीवादी र संशोधनवादी पार्टीहरु बीच भएका गठबन्धनले मुलुकको आमूल परिवर्तनका लागि क्रान्तिकारी कम्युनिस्टहरुबीच वृहत धु्रविकरण गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

लामो समयदेखि अलग अलग रुपमा सघर्ष गदैँआएका क्रान्तिकारी पार्टीहरु बीच छिट्टै पार्टी एकता गर्ने र त्यसको पहल आफुहरुले गर्ने ति दलका नेताहरुले सहमति गरेका हुन ।

बैठकमा भएका सहमतिहरुलाई गत आइतबार विज्ञप्ति मार्फत सार्वजनिक गर्दै दुबै पार्टीका नेताहरुले राष्टी«य तथा अन्तरतष्ट्रि परिस्थितिको विश्लेषण सहित संयुक्त रुपमा संघर्षका कार्यक्रम तय गर्ने निर्णण गरेका छन ।

दुईपार्टीका शिर्ष नेताहरुको बिचमा विभिन्न विषयमा लामो छलफल भएपनि हालका लागि तीन बुँदामा सहमति गरेको श्रोतबाट खुल्न आएको छ । उनीहरुले छिट्टै पार्टी एकिकरण गरेर दलाल व्यवस्थाका विरुद्धमा संघर्ष गर्ने जनाएका छन ।

जारी गरेको संयुक्त वक्तव्यमा दुई दलका नेताहरुबीचको उच्च स्तरीय बैठकले गरेका निर्णयहरु उल्लेख गरिएको छ, उक्त विज्ञप्तिमा बैद्य र विप्लवले संयुक्त रुपमा हस्ताक्षर गरेका छन । हेर्नुहोस दुई पार्टीबीच भएको तीन बुँदे सहमति तथा निष्कर्ष यस्तो रहेको छ ।

समसामयिक नेपाली राजनैतिक सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुका बीचमा हालै एक उच्च स्तरीय बैठक सम्पन्न भएको छ । उक्त बैठक निम्न निष्कर्षमा पुगेको छ ।

१) कथित प्रतिनिधिसभा र प्रदेशसभाको चुनावसम्म आइपुग्दा दलाल पुँजीवादी र संशोधनवादी पार्टीहरु बीचका गठबन्धन र एकता नयाँ स्तरमा व्यक्त भएका छन । त्यसमा माओवादी केन्द्र एमालेमा पतन भएको छ । यस सन्दर्भमा राष्ट्रिय स्वाधिनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरु बीचको वैचारिक, राजनीतिक एवं संगठनात्मक एकिकरण तथा धु्रवीकरण पनि अनिवार्य आवश्यकता बन्न पुगेको विष्कर्ष सहित त्यस क्षेत्रमा पहल गर्ने निर्णय गरियो ।

२) आज साम्राज्यवादी विदेशी तत्वहरु पुराना र नव दलालहरु मार्फत हाम्रो देशका प्राकृतिक श्रोत साधनहरु लुट्न लापिपरेका छन । मुख्यतः भारतीय शासकवर्गले एकातिर सन् १९५० को असमान सन्धि हुँदै देउवा सरकारसँगको ४६ बुदेँ सहमतिसम्म पुग्दा कोशी, गण्डकी, महाकाली, अरुण जस्ता ठूला नदीहरुमा हस्तक्षेप गर्न पुगेको छ भने अर्कोतिर सीमा अतिक्रमण लगायत आर्थिक राजनीतिक तथा साँस्कृतिक हस्तक्षेप पनि गरिरहेको छ । राष्ट्रिय स्वाधिनता, जनतान्त्रिक अधिकार तथा पेशागत हकअधिकारका समस्यालाई लिएर सयुक्त संघर्ष संचालन गर्नुका साथै जनयुद्ध, सहिद सप्ताह, जनआन्दोलन लगायतका दिवसहरु संयुक्त मनाउने निर्णय गरिएको छ ।

३) विश्व राजनीतिमा पछिल्लो समय अमेरिका लगायतका मुलुकहरुले उत्तर कोरियामा गरिरहेको अमानवीय नाकाबन्दी, पेलेस्टाइनको भूभागभित्र पर्ने जेरुसेलमलाई इजरायलको राजधानी घोषणा गर्ने, अतिक्रमणकारी कदम र विश्वव्यापी रुपमा साम्राज्यवादीहरुले गरिरहेको अतिक्रमण र हस्तक्षेपको घोर निन्दा गदै तिनको विरोध र उत्पीडित राष्ट्रको स्वाधीतना तथा मुक्तिको पक्षमा संघर्ष गर्ने निर्णय गरिएको छ ।

उक्त विषयमा आवश्यक सहयोग तथा समर्थन गर्नका लागि सम्पूर्ण जनसमुदाय एवं श्रमिक वर्गलाई विशेष आह्वान गरिन्छ ।

                   किरण                                                                                            विप्लव
महासचिव, नेकपा (क्रान्तिकारी माओवादी                                                 महासचिव, नेकपा