मिर्गौला पीडित पत्रकार माया पकुवालको अपिलः सहयोग गर्दिनुस्, बाँच्न चाहन्छु

उपचारमा रु १२ लाख खर्च लाग्ने अनुमान

काँकडभिट्टा । भद्रपुरबाट प्रकाशित हुने बरुण साप्ताहिकका सम्पादक समेत रहेकी पत्रकार माया पकुवालले मिर्गौला प्रत्यारोपणका लागि आफुसँग रकम अभाव भएको भन्दै सहयोगका लागि सबैसँग आग्रह गरेकी छन ।

पन्ध्र वर्षदेखि झापामा रहेर पत्रकारिता गर्दै आउनुभएकी ४६ वर्षीया पत्रकार पकुवालको मिर्गौलामा गत वैशाखदेखि समस्या आएको हो । उनी हाल मिर्गौला प्रत्यारोपणका लागि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचारार्थ छीन ।

पत्रकार पकुवालको दुवै मिर्गौला खराव भएको बुझिएको छ । पारिवारीक श्रोतका अनुसार पकुवाललाई उनका जेठाजु सौरभ प्रधानले एउटा मिर्गौला दान गर्ने बताए पनि मिर्गौला प्रत्यारोपणका लागि न्यूनतम रकमको समेत जोहो नहुदा समस्या भएको छ ।

पैसाको अभावका कारण उनको उपचार रोकिएको छ, उहाँ बाँच्न चाहनुहुन्छ, सहयोगको लागि हामी सबैसँग अनुरोध गर्दछौं, पारीवार श्रोतले बतायो ।

उनका श्रीमान सञ्जय श्रेष्ठले उपचारका क्रममा रहेकी पत्रकार पकुवालको उपचारका लागि सहयोग गरिदिन सबै निकाय र आम मानिससँग आग्रह गरेका छन ।

उनका अनुसार उपचारको क्रममा हालसम्म रु पाँच लाखभन्दा बढी खर्च भइसकेको छ, उपचारमा रु १२ लाख खर्च लाग्ने अस्पतालले बताएको छ । सञ्जयले आफुहरु सामान्य परिवारको मानिस भएकाले त्यति धेरै रकम नभएको हुनाले उनको ज्यान जोगाउनका लागि सहयोगको मागेका छन ।

पारिवारीक श्रोतका अनुसार टाउको दुख्ने र रिँगटा चल्ने समस्या आएपछि विसं २०७४ वैशाखमा पकुवाल धरानस्थित बिपी मेमोरियल अस्पतालमा उपचारका लागि जाएकी थिइन । उपचारमा संलग्न चिकित्सकले मिर्गौलामा समस्या देखिएको बताउँदै उनलाई औषधि खान सुझाव दिएका थिए ।

अहिले औषधिले काम गर्न छाडेपछि उपचारमा संलग्न चिकित्सकले मायालाई मिर्गौला प्रत्यारोपण गर्न सल्लाह दिएको श्रीमान सञ्जयले बताएका छन ।