फोरमले निकाल्यो समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावलीः सुचिसहित हेर्नुहोस्

पदाधिकारी बैठकः विविध विषयमा छलफल

काठमाडौ । चुनाव सकिएको लामो समयपछि उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम नेपालले समानुपातिक तर्फ प्रदेशसभाका सदस्यहरुको नामावली सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा आज बसेको पार्टीको पदाधिकारी बैठकले समानुपातिकतर्फ प्रदेशसभा सदस्यहरुको नामावली टुङ्गोें लगाएको हो ।

संघिय समाजवादी फोरम नेपालबाट प्रदेशसभा सदस्यमा १३ जना परेका थिए, आजको बैठकले आन्तरिक बिवाद मिलाउदै सबै सदस्यहरुको नामावली तय गरेको छ ।

फोरमबाट समानुपातिक प्रदेशसभा सदस्य हुनेमा सबै महिला मात्र रहेको उक्त पार्टीले हरपल नेपालसँग बताएको छ । हामीलाई प्राप्त जानकारी अनुसार प्रदेशसभा सदस्यहरुको नामावली यस्तो रहेको छ ।

१) किरणकुमारी राय -महोत्तरी             २) विन्दु कुमारी यादव -धनुषा                            ३) चमेली देवी दास -धनुषा
४) उपमा देव -सप्तरी                          ५) सिमा सिंह -सर्लाही                                       ६) कमरिमा वेगम -पर्सा
७) भिमा यादव -पर्सा                           ८) उषा यादव -बारा                                          ९) राजकुमारी यादव -सुनसरी
१०) पञ्चमाया मुक्तान -सर्लाही             ११) आरसी तुम्बा -मोरंग                                    १२) शिला श्रीवास्त -प्रदेश ५
१३) लक्ष्मी चौधरी -प्रदेश ५