साउदीबाट यस्तो आयो जलनको गजलः ‘सत्य बोल्नेलाई हथकडी र सजाय हुन्छ’

‘बुझिराख्नुस्, न्यायको मन्दिरमा पनि अन्याय हुन्छ’

दिपक आचार्य जलन

सत्य बोल्नेलाई हथकडी र सजाय हुन्छ ।
भ्रष्टहरु कै मेरो देशमा उच्च निकाय हुन्छ ।।

अब गरिबले उजुरी पनि कहाँ दिने होला,
न्यायको मन्दिरमा स्वयम् अन्याय हुन्छ ।।

जायज माग राखेर कोही अनसन बसेका छन्,
अन्धा ठालुहरुलाई रमिता बोल्न पाए हुन्छ ।।

कालो बजारी छ, स्वास्थ्यमा नि राजनीति छ,
सधै भ्रष्ट मुस्कुराउँछ, गरिब असहाय हुन्छ ।।

जनताको हकहितमा फैसला गर्न सक्दैनौ भने,
ए सरकार तिमीले पनि चुरा लगाए हुन्छ ।।

(गजलकार जलन बर्दिया निवासी हुन । उनी साहित्यका विभिन्न विधामा कलम चलाउने गर्दछन । उनी हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका छन ।)