मंगलबारदेखि मेलम्चीमा राष्ट्रव्यापी फुटबल प्रतियोगिताः विजेतालाई प्रमाणपत्र र नगद पुरस्कार

इच्छुक फुटबल टोलीले सहभागि जनाउन पाउने

सिन्धुपाल्चोक । माघ २ गतेबाट ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा प्रथम राष्ट्रिव्यापी फुटबल प्रतियोगिता हुने भएको छ ।

मेलम्ची युवा क्लबको आयोजनमा मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा उक्त फुटबल प्रतियोगिताको आयोजना गरिएको हो।

उक्त प्रतियोगितामा देशभरबाट इच्छुक फुटबल टोलीले सहभागि जनाउन पाउने आयोजकले बताएको छ । प्रतियोगिता माघ ६ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

आयोजकले अहिलेसम्म सात टिमले खेलका लागि नाम दर्ता गरेको जनाएको जनाएको छ । कार्यक्रमा प्रथम, द्धितीय, तृतीयलाई शिल्ड, मेडल प्रमाणपत्रसहित क्रमशः नगद रु ६० हजार, ३५ हजार र १५ हजार पुरस्कारको व्यवस्था रहेको छ ।

क्लबले उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डरसहित सर्वाधिक गोलकर्तालाई प्रमाणपत्रसहित नगद रु तीन हजारद्धारा सम्मान गरिने बताएको छ ।