राज्यसँग प्रश्नः सीमाहरु मिचिदा नबोल्ने गणतन्त्र, कस्तो गणतन्त्र ?

भ्रष्टाचार रोक्न गजलकारको माग

विस्तारवादको छाति पोलेन गणतन्त्रले ।
सीमाहरु मिचिदा नि बोलेन गणतन्त्रले ।।

महलहरुमा लजाउदै बस्यो रानी बनेर,
भ्रष्टाचार को घुम्टोअनि मुकुट खोलेन गणतन्त्रले ।

यो देशलार्इ गिद्धरुले लुछिरहदा सधै भरि
बचाउन एउटै पनि जोखिम मोलेन गणतन्त्रले ।

स्वाधीनताको होलि खेल्ने खुब रहर थियो मेरो,
तर राष्ट्रियतामा स्वाभिमान घोलेन गणतन्त्रले ।।

(यो गजल बि पि बिद्रोहिको फेसबुकबाट साभार गरिएको हो । उनी गजल साहित्यमा प्रगतिशिल धारको प्रतिनिधित्व गर्दछन ।)