राष्ट्रपतीय चुनावमा भएको रुसी हस्तक्षेपबारे बयानका लागि डोनल्ड ट्रम्प तयार हुनुको कारण यस्तो छ

अनुसन्धान टोलीले दुई वा तीन साता लगाउने अपेक्षा

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपबारे भइरहेको अनुसन्धानका लागि आफू अन्तर्वार्ता दिन तयार रहेको बताएका छन्।

उनले न्याय मन्त्रालयका विशेष जाँचकर्ता रोबर्ट मलरबाट दुई देखि तीन साताभित्र सोधपुछ हुने अपेक्षा गरेको पनि बताएका छन्।

ट्रम्पले अनुसन्धानका उच्च अधिकारीबाट गरिने सोधपुछका लागि शपथको मर्यादामा रहेर जवाफ दिन आफू पूर्ण रूपमा तयार रहेको बताएका हुन्।

बुधबार पत्रकारहरूसँग ह्वाइट हाउसमा बोल्दै उनले चुनावका बेला कुनै साँठगाँठ र कुनै व्यवधान नभएको बताए ।
पत्रकारहरूले सोधपुछ कहिले होला भन्ने प्रश्न गर्दा उनले अनुसन्धान टोलीले दुई वा तीन साता लगाउनसक्ने बताए।

ट्रम्पले चुनावमा आफ्नी प्रतिद्वन्द्वी रहेकी हिलरी क्लिन्टन आफ्नो इमेल प्रयोगबारे संघीय जाँच ब्यूरोले गरेको सोधपुछका लागि तयार नभएको पनि बताए।

राष्ट्रपतिले संघीय जाँच ब्यूरोका का