अहिलको गणतन्त्र जनताको होइन, सामन्तको हो: नेता परी थापा

राष्ट्रघाती सम्झौता खारेज नगरे आन्दोलन चर्काउने चेतावनी

बाँके । नेकपा (क्रान्तिकारी माओवादी) को स्थायी समिति सदस्य तथा प्रदेश नम्बर पाँचका इन्चार्ज परी थापा प्रितमले अहिले मुलुकमा र्आएको गणतन्त्र वुर्जुवा भएको र त्यसले सामन्तवर्गको पक्षपोषणको मात्र काक गर्ने प्रतिकृया दिएका छन ।

क्रान्तिकारी माओवादीको प्रशिक्षण विभागको प्रमुख समेत रहेका नेता थापाले बाँकेको कोहलपुरमा आयोजित पार्टीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दे त्यस्तो बताएका हुन ।

नेता थापाले अहिले माओवादी केन्द्र, एमाले, कांग्रेस लगायतका संसवादी दलहरुले मुलुकमा गणतन्त्र आएको र जनवादी क्रान्ति सम्पन्न भै सकेको भन्दै जनतामा भ्रम सिर्जना गर्न खोजको आरोप लगाउँदै अहिलेको गणतन्त्रबाट कुनै अपेक्षा गर्न नसकिने दावी गरे ।

उनले भने–‘यो नक्कली गणतन्त्रको नाम भजाएर केही संसदीय पार्टीहरुले सिंह दरबारमा रमाउने सपना देखेका छन, उनीहरु अहिले ठूलो आवाजमा कम्युनिष्ट एकताको कुरा गर्दै हिडेका छन तर उनीहरुको त्यो कर्तुत जनतालाई हामी प्रष्ट बुझाउँदै जनवादी क्रान्तिको तयारी गछौ, हामी अहिले गाउँ गाउँमा त्यसको तयारी गरिरहेका छौ ।’

उनले अहिलेको गणतन्त्र पुँजिपतिको भएकाले जनताको परिवर्तनको सपना र जनजीवनका विषयमा यसले कुनै अर्थ नराख्ने भएकाले त्यो भ्रमलाई चिर्दै जन गणतन्त्रको पक्षमा संघर्ष गर्नुपर्ने अवस्था आएको बताए ।

उनले पत्रकारको प्रश्नमा जवाफ दिदै भने–‘अहिलेको व्यवस्था जनताले रुचाएका छैनन, अब अन्तिम र निर्णायक लडाईको लागि तयारीको अवस्थामा हामी छौ । हामीले अहिले केन्द्रदेखि प्रदेश हुँदै जिल्ला र गाउँ गाउँसम्म भ्रण्डाफोर लगायतका कार्यक्रम चलाउँदै आएका छौ । ढुक्क हुनुस्, जन गणतन्त्र हाम्रै जीवनकालमा आउँछ, त्यो ल्याउँनुको विकल्प छैन ।’

उनले विश्वका धेरै मुलुकमा लोकतान्त्रीक, सैन्य, धार्मिक नामका गणतन्त्रको अध्यास गरिएको भएपनि आफुहरुले त्यो भन्दा फरक जनगणतन्त्रको विषय अघि सारेको र त्यसको लागि क्रान्ति आवश्यक भएको प्रष्ट पारे ।

पछिल्लो समयमा प्रचण्ड समूह निक्कै नै दार्सनिक, वैचारिक रुपमा च्यूत भएको आरोप लगाउदै उनले जनताको पक्षमा लड्ने शक्तिको प्रतिनिधित्व अहिले आफ्नो पार्टीले सघन रुपमा गर्दै आएको र सबै क्रान्तिकारी पक्षलाई एकता, धु्रबिकरणका लागि पहल गरिरहेको बताए ।

उनले निर्वाचनसँग बाम एकताको नाममा कुप्रचार गरिएको प्रति आक्रोश व्यक्त गर्दै भने–‘यो कुनै बाम वा कम्युनिष्ट एकताको विषय होइन, यो त कम्युनिष्ट झण्डाको खोल ओढेर सिंहदरबारमा रमाउने खालको एकता हो । यसमा कुनै सिद्धान्त वा विचारले प्रतिनिधित्व गरेको छैन ।’

उनले अहिले बाम सरकारको पक्षमा आएको चर्चालाई बेकामे सरकाको संज्ञा दिएका छन । उनले भने–‘यदि उहाँहरुकै सरकार गठन भएपनि जनताको पषमा, राष्ट्रियताको पक्षमा के गर्न सक्नुहुन्छ उहाँहरु ? अरुको आर्शिवादमा बन्ने सरकारले जनताको काम गर्देन । यदि उहाँहरुसँग त्यो साहश छ भने पहिले राष्ट्रघाति सबै सन्धि सम्झौताहरुको खारेजीको घोषडा गर्न तयार हुन ।’

उनले सरकारलाई राष्ट्रघाति सम्झौता खारेजीको लागि कुनै पहल गर्न सुझाव दिए । उनले सरकारले त्यो नगरेमा आफुहरुले जनताको बीचबाट सबै खाले असमान सन्धि सम्झौताहरु खारेज गर्ने र न्याय र स्वतन्त्रताको लडाई उदरघोष गर्ने चेतावनी समेत दिए ।

बाँके बर्दिया जिल्लाको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा पाँच नम्बर प्रदेशका सेक्रेटरी प्रेस सुबेदलिे पार्टीलाई क्रान्तिकारी बनाउन क्रान्तिकारी संगठन निर्माण गर्न निर्देशन दिए । उनले पार्टीले संचालन गरेको तीन महिले संगठन निर्माण तथा जनपरिचालन अभियानलाई व्यवपक रुपमा चलाउनुपर्नेमा जोड दिए ।

त्यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा बाँके बर्दिया इन्चार्ज भुपेन्द्र न्यौपानेले सबैखाले दलाल, भ्रष्ट र माफियाहरुका बिरुद्ध प्रतिरोधका लागि जिल्लामा केन्द्रीय प्लान अनुसारको विशेष दस्ता निमार्ण गर्ने तयारी भै सकेको बताए । उनले भने–‘हाम्रो पार्टी अहिले सामन्तहरुको लागि निकै टाउको दुखाइको विषय बनेको छ, अब हामीले तिनिहरुको अन्त्य गर्नका लागि बुलेट बनेर पड्किन सक्ने प्रतिज्ञा गर्नुपर्ने बेला आएको छ, हाम्रो पार्टीको विशेष दस्ता त्यस्ता प्रवृतिको अब प्रतिरोध गछ ।’

त्यसैगरी कार्यक्रमको सञ्चालन गर्दै क्रान्तिकारी पत्रकार महासंघका नेता लोकराज जैसीले जनगणतन्त्र जनताको सपना भएकाले त्यसको प्राप्तिका लागि पार्टीले सञ्चालन गर्ने सबै प्रकारका न्यायिक आन्दोलनहरुलाई पत्रकारहरुले आफ्नो कलमले हतियार झै दलाल राज्यमाथि प्रतिरोध गर्नुपर्ने बताए ।

उनले भने–‘पत्रकार केबल पत्रकार मात्रै होइन, यो देशको सचेत नागरिक पनि हो, हामीले देश र जनताको मुक्तिको विषयमा आफ्नो कलम चलाउनु पर्छ । दलाल राज्यसँग हाम्रा कलमहरु बुलेट भन्दा खतरनाक बनाउनै पर्छ । यहि जिम्मेवारी हो जनताका पत्रकारहरुको अनि यो देशका सबै सचेत नागरिकको त्यसैले हामीले त्यतातिर आफ्नो धारणा बनाउनु पर्छ अब ।’

उक्त कार्यक्रममा दुबै जिल्लाका क्रान्तिकारी माओवादीका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो । पछिल्लो समयमा क्रान्तिकारी माओवादी जन सम्बन्ध सुढृण पार्न गाउँ गाउँमा प्रवेश गरेको छ, केन्द्रीय नेताहरु अहिले देश व्यापी रुपमा संगठन निर्माणको अभियानमा जुटेको पार्टीले बताएको छ ।