सिरियामा भएको आक्रमणको बिरोधमा उत्रियो अखिल क्रान्तिकारी

अमेरीकालाइ पछि हट्न चेतावनी

काठमाण्डौं । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकटको अखिल (क्रान्तिकारी)ले आज अमेरीका र रसियाले सिरियामा गरेको आक्रमणको बिरोध जनाउदै काठमाण्डौमा प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारीले सोमबार त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसमा जम्मा भएर आक्रमणको विरोधमा लेखिएका नारासहितका प्लेकार्सड सहित बिरोध प्रदर्शन गरेको हो ।

मानव अधिकारको रक्षाका लागि अपिल गर्दै अमेरीकालाइ पछि हट्न चेतावनी दिदै आफ्नो संगठनले प्रदर्शन गरेको अखिल क्रान्तिकारीको त्रिभुवन विश्वविद्यालयका इन्चार्ज कलम बढुवालले हरपल नेपाललाई बताए ।

उनले हरपलसँग कुरा गर्दै आफ्नो संगठनका महासचिव दिपेन्द्र चलाउने लगाएत गिरफ्तार नेता कार्यकर्ताको रिहाइको माग समेत गरेको बताएका छन ।

अमेरीका र रसियाले मानव अधिकारको ठाडो उल्लंघन गर्दै सिरियामा गरेको आक्रमण निक्कै नै निन्दनीय भएको भन्दै क्रान्तिकारीले सांकेतिकरुपमा बिरोध प्रदर्शन गरेको जनाएको छ ।

पछिल्लो हमलामा क्लोरिन जस्तै रासायनिक हतियारको समेत प्रयोग गरेको बताइएको छ । लामो समयदेखि हिंसाको चपेटामा पर्दै आएको सिरियामा एक साता यतामात्र ५०० भन्दा बढी बालबालिका र ५ हजार बढी महिला पूरूष मारिएको विभिन्न समाचार एजेन्सीले जनाएका छन् ।