नेकपाको चेतावनी: ओली र प्रचण्डको घरमा जनअदालतको वारेन्ट पूर्जि टाँस्ने

हेर्नुहोस्, विज्ञप्तीको पूर्ण पाठ यस्तो छ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले केपी ओली नेतृत्वको सरकारले आफ्नो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव विरूद्ध पक्राउ पुर्जि काटेर कानुनी धम्की दिएको भन्दै त्यस प्रति विरोध जनाएको छ ।

सरकारले विप्लवलाई पक्राउ गर्ने तयारी गरेको भन्दै नेकपाका प्रवक्ता प्रकाण्डले आज एक विज्ञप्ति जारी गर्दै त्यस्तो बताएका हुन् ।

ओली सरकारले “चोरलाई चौतारा र साधुलाई सुली” गर्ने हो भने जनयुद्धमा अपराधी सावित भएका जन अपराधीहरुलाई अहिले संचालन भैराखेको जनसत्ताको जनअदालतले कारबाहीको शुरुवात गर्ने उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।

सरकारले त्यस्तो हर्कत कायमै राखेमा सबैभन्दा पहिला जनअदालतले केपी ओलीको घरमा वारेन्ट पुर्जि टाँस्ने र त्यसपछि १० वर्षे जनयुद्धका महान शहीदहरूको रगतलाई सत्तासँग साट्ने पुष्प कमल दहाल प्रचण्डको घरमा टाँसेर कारबाहि गर्ने नेकपाले जनाएको छ ।

नेकपाले राणा शासनका विरुद्ध २००७ सालमा र त्यसपछि अहिलेसम्मका शासकहरुले गर्दै आएको दमनको कडा सब्दमा भत्र्सना पनि गरेको छ ।

ओली–प्रचण्डको नेतृत्वको वामगठबन्धन सरकारले पनि विगतको इतिहास र जनयुद्धका बेलाका शासकहरुले गरेको दमनलाई माथ गर्ने गरी दमन सुरु गरेको नेकपाले जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ-“खबरदार ओली प्रचण्ड गठबन्धनको ओली सरकार ! हत्या, हिंसा, झुट्टा मुद्दा, धरपकड र दमनले श्रमजीवी जनताको क्रान्ति र आन्दोलन कहिलै मर्दैन, बरु यो ज्वालामुखीको रुपमा विष्फोट भएर शासक वर्गकै अन्त्यष्टी गर्दछ ।”

विज्ञप्तिमा भनिएको छ-झुट, कपोकल्पीत, षड्यन्त्रमूलक, हाँस्यास्पद र राजनैतिक चरित्र हत्या गर्न गरिएको प्रपंच यथाशक्य रोक्न ओली सरकार र त्यसका अदालत तथा प्रहरी प्रशासनीक निकायलाई हाम्रो पार्टी कडा चेतावनी पनि दिन्छ ।

विज्ञप्तीको पूर्ण पाठ यस्तो छ

१) हाम्रो पार्टीका महासचिव क.विप्लवको नाममा केपी ओली सरकारको भोजपुर जिल्ला अदालतले भोजपुर जिल्ला प्रहरी कार्यालयको जाहेरी प्रतिवेदनको हवाला दिदै विस्फोटक पदार्थ सम्बन्धी अभियोगमा ०७४ पौष ९ गते
गिरप्तार गर्न जारी गरेको वारेन्ट कपिलवस्तु जिल्ला शिवपुरी उहाँको दाजु चन्द्र बहादुर चन्दको घरमा टाँसिएको छ । हाजिर नभए अंश रोक्का र कब्जा गरिने कथित कानुनी धम्की पनि दिइएको छ । यस प्रकारको पक्राउ पूर्जी टाँस र कानुनी धम्कीको हाम्रो पार्टी पुरै खारेज गर्दछ । आफ्नो विद्यार्थी जीवनदेखि क्रान्ति, नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको राजनैतिक अधिकारका निम्ति समर्पित नेतृत्वलाई कथित विस्फोटक पदार्थको मुद्दा लगाई पक्राउ पूर्जी टाँस्ने अदालत र प्रहरी प्रशासनको हर्कतको पार्टी घोर निन्दा र भत्र्सना गर्दछ । यस्तो झुट, कपोकल्पीत, षड्यन्त्रमूलक, हाँस्यास्पद र राजनैतिक चरित्र हत्या गर्न गरिएको प्रपंच यथाशक्य रोक्न ओली सरकार र त्यसका अदालत तथा प्रहरी प्रशासनीक निकायलाई हाम्रो पार्टी कडा चेतावनी पनि दिन्छ ।

२) ००७ सालको राणा विरुद्धको आन्दोलनदेखि अहिले हामीले अगाडि बढाईराखेको एकीकृत जनक्रान्तिसम्म जहिले पनि क्रान्ति एवं आन्दोलनरत जनता र त्यसको नेतृत्व गरिराखेको पार्टी, नेता र कार्यकर्ता विरुद्ध झुट्टा मुद्दा
लाउने, सम्पति हड्प्ने, राजद्रोही एवं हतियार खरखजनाको झुटा मुद्दा लगाउने, फाँसीवादी दमन गर्ने, हत्या गर्ने, गाउँका गाउँ जलाउने, अमानवीय यातना दिने, बेपत्ता पार्ने,
महिलालाई बलात्कार गर्ने, आतंककारी घोषणा गर्ने, सिआईडी सुराकी गर्ने र राज्यद्वारा फाँसीवादी दमन गर्ने शासक वर्गको दृष्टिकोण र रबैया रहदै आयो । त्यसको निकृष्ट उदाहरण १० वर्षको जनयुद्धका विरुद्ध नेपाली काँग्रेस र एमालेको नेतृत्वमा बनेका सरकारहरुले गरेकोे
जंगली दमन हो । जनयुुद्धको बेला जनयुद्धले राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याउछ भन्ने राजनैतिक सोच काँग्रेस, एमालेका नेताले बनाउनै सकेनन बरु माओवादी र जनयुद्धलाई कसरी सिध्याउने भन्ने रणनीति तयार गर्न हात धोएर लागे । अहिले जस्तो देउवा प्रचण्ड गठबन्धनको प्रचण्ड सरकार बन्ला वा एमाले माके गठबन्धन बनेर प्रचण्डसंग पार्टी एकता गर्नु पर्ला भन्ने देउवा र ओलीको कल्पना भन्दा बाहिरको कुरा थियो । अहिले ओली प्रचण्ड गठबन्धन सरकार इतिहास र जनयुद्धका शासक वर्गलाई मात गर्ने गरी हाम्रो पार्टी र एकिकृत जनक्रान्तिका
विरुद्ध निरंकुश, फाँसिष्ट र जंगली दमनको
प्रारंभिक अभ्यास गर्दैछ । केही समय अगाडि
अनलाईनखबरले “विप्लव राजनैतिक कि
अराजनैतिक ?” सरकारले यो कुरा छिटै स्पष्ट गर्नु
पर्छ भनि लेखेको विश्लेषणात्मक समाचारको
पनि ओली सरकारले स्पष्ट गर्न खोजेको होला ।
खबरदार ओली प्रचण्ड गठबन्धनको ओली
सरकार ! हत्या, हिंसा, झुट्टा मुद्दा, धरपकड र
दमनले श्रमजीवी जनताको क्रान्ति र आन्दोलन
कहिलै मर्दैन, बरु यो ज्वालामुखीको रुपमा
विष्फोट भएर शासक वर्गकै अन्त्यष्टी गर्दछ ।

३) १० वर्षे जनयुद्धका विरुद्ध बर्बर दमन गर्ने र
हत्या हिंसाको राज खडा गर्ने काँग्रेस र एमाले
सरकारका नेताहरुको नामका देश द्रोही,
राष्ट्रघाती, जन हत्यारा, साम्राज्यवादका
एजेन्ट, बलत्कारी, गाउँ खरानी बनाउने
विध्वंशकारी र जनताको सम्पत्ती लुट्ने लुटेरा
लगायतका मुद्दाका फायलहरु जनयुद्धले
जन्माएको जनसत्ताको जनअदालतमा ज्यूदै छन् ।
ओली सरकारले “चोरलाई चौतारा र साधुलाई
सुली” गर्ने हो भने जनयुद्धमा अपराधी सावित
भएका जन अपराधीहरुलाई अहिले संचालन
भइराखेको जनसत्ताको जनअदालतले
कारबाहीको शुरुवात गर्ने छ । सबैभन्दा पहिला
जनअदालतले वारेन्ट पूर्जी केपी ओलीको घरमा
टाँस्ने छ । १० वर्षको जनयुद्ध, यसका उपलब्धीहरु,
हजारौं जनयुद्धका शहिदहरुको रगत र नेपाली
क्रान्तिका विरुद्ध अपराध गरी दलाल
संसदवादको पुच्छर बनेर हाम्रो पार्टी, क्रान्ति
र नेपाली जनताका विरुद्ध
साम्राज्यवादीहरुको निर्देशनमा दमनमा उत्रने
प्रचण्डको घरमा पनि वारेन्ट पूर्जी टाँसिने छ ।
त्यसपछि जनयुद्ध र एकीकृत जनक्रान्ति
विरुद्धका अपराधीहरुलाई वारेन्ट पूर्जी जारी
गर्ने छ ।

४) स्मरण होस् हामी राष्ट्रघाती, देश बेचुवा,
दलाल, भ्रष्टाचारी, कमिशन खोर, महिला
बेचुवा होइनौं ! के ओली प्रचण्ड गठबन्धन सरकारले
हाम्रो बारेमा प्रश्न उठाउन सक्छ ? हाम्रो
पार्टी र नेतृत्व त यसका विरुद्धको क्रान्तिमा छ
। यसर्थ हाम्रो पार्टी महासचिव क.विप्लवलाई
लगाईएको झुट्टा मुद्दा तुरुन्तै खारेज गरियोस ।
यदि खारेज गरिएन भने हाम्रो पार्टी नेता
कार्यकर्तालाई झुट्टा मुद्दामा फसाउने,
गिरप्mतार गर्ने र पार्टी माथि दमन गर्ने
योजनाकार, अदालत एवं प्रशासनका कारिन्दा
र सिआईडी सुराकी विरुद्ध कारबाही बढाउन
पार्टी वाध्य हुने कुरा समेत स्पष्ट गर्दछ । यसबाट
निष्किने भयावह परिणामको कारक तत्व ओली
सरकार, प्रचण्ड ओली गठबन्धन र यो देशका
दलाल तत्वहरु हुनेछन । धन्यवाद ।
                         ………..
                          प्रकाण्ड
                          प्रवक्ता