लस पामसले रोक्यो बार्सिलोनालाई एक गोलको बराबरीमा

बार्सिलोना एथलेटिक भन्दा पाँच अंकले अघि

बार्सिलोना । स्पेनिस लिग लिडर बार्सिलोना बिहीबार राति भएको खेलमा लस पामससँग बराबरीमा रोकिएको छ।

लिग अन्तर्गत लस पामसविरुद्धको खेलमा पूर्व वेस्टह्याम फवार्ड जोनाथन कालर्सलेको पेनाल्टी गोलपछि बार्सिलोना १-१ गोलको बराबरीमा रोकिएको हो।

बराबरीपछि बार्सिलोनाको अपराजित यात्रा ३३ खेलसम्म जारी छ। तर उसलाई उपाधि भिडन्तमा एथलेटिको म्याड्रिडले पछ्याइरहेको छ।

बार्सिलोना एथलेटिको भन्दा पाँच अंकले अघि छ। बिहीबार बार्सिलोनालाई अग्रता दिलाउने क्रममा लियोनेल मेसीले आकर्षक फ्रिकीकलाई २१ औं मिनेटमा पोस्टको दिशा दिएका थिए।

तर दोस्रो हातको सुरुवतामा नै लस पामसले पेनाल्टी पाएपछि खेललाई बराबरीमा ल्याएको थियो।

अधिकांश समय खेल आफ्नो पकडमा पारेको बार्सिलोनाले आधा दर्जन बढी गोलका मौकालाई सदुपयोग गर्न असफल हुँदा महत्त्वपूर्ण तीन अंकबाट विमुख भयो। एजेन्सीबाट