युद्धकालको झल्को दिनेगरी क्रान्तिकारी महिलाहरूले यसरी मनाए श्रमिक महिला दिवस

अधिकारका लागि जनवादी क्रान्तिमा जोड

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल नेपाल महिला संघ क्रान्तिकारीले आज देशैभरी विविध कार्यक्रम गरी १०८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।

अन्तराष्ट्रिय महिला दिवस अन्य पार्टी निकटका महिला संगठनहरू र अरू संघ संस्थाहरूले भन्दा फरक शैलीमा अनेमसंघले मनाएको देखिन्छ ।

अनेमसंघ क्रान्तिकारीले काठमाण्डौं, चितवन, दैलेख, बाँके, बर्दिया लगायतका जिल्लाहरूमा भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ ।

बर्दियामा अनेमसंघ क्रान्तिकारीले आयोजना गरेको महिलाको र्यालीमा जनयुद्धकालीन माओवादी सेनाको झल्को दिनेखालका ड्रेसमा सजिएका युवाहरूको लर्को समेत देखियो ।

सामन्ती व्यवस्थाका विरूद्ध संघर्ष गरौं- लैंङ्गीक विभेध अन्त्य गरौं- जस्ता नाराहरू लगाउँदै बर्दियाको भूरिगाउँमा क्रान्तिकारी महिलाले र्याली सहित कोण सभा सम्पन्न गरे ।

अनेमसंघ क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य दुर्गा, सदस्य गंगा, पार्टीका केन्दीय सदस्य भुपेन्द्र, पार्टी डिसिएस लोकेश लगायतको कार्यक्रममा विशेष उपस्थिती रहेको थियो ।

त्यसैगरी बाँकेमा पनि अनेमसंघ क्रान्तिकारीले र्याली सहित भव्य रूपमा श्रमिक महिला दिवस मनाएको पार्टी डिसिएस अर्जुनले हरपल नेपालसँग बताए ।