फर्पिङमा यात्रुवाहक बस दुर्घटना: २ को मृत्यु, २२ घाइते

घाइतेहरुको बयोधा अस्पतालमा उपचार

काठमाडौं । बा १ ज ९९९९ नम्बरको यात्रुवहाक बस फर्पिङमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको उक्त बस फर्पिङभञ्याङमा दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार दुर्घटनाबाट दक्षिणकाली नगरपालिका-५ का ४२ वर्षीय मञ्जु बस्नेत र सोही नगरपालिका ३ का २५ वर्षीय सुनील श्रेष्ठको मृत्यु भएको छ ।

उक्त दुर्घटनाबाट करिव दुई दर्जन घाइते भएको प्रहरीले अनुमान गरेको छ । २२ जना घाइतेहरूको उपचार प्रकृया शुरू गरिएको छ ।

महानगरीय ट्राफिक महशाखाका डिएसपी मुकुन्द मरासनीका अनुसार दुर्घटनाका घाइतेहरुको काठमाडौको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।