क्रान्तिकारी माओवादी निकटको अखिल (क्रान्तिकारी)देश व्यापि संगठन निर्माणमा

क्याम्पस प्रशासनलाई ज्ञापन पत्र: संघर्षको तयारी

चितवन । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले जिल्लाका विभिन्न कलेजहरुमा संगठन निर्माणको कामलाई तिव्रता दिएको छ ।

संगठन निर्माण, छलफल र शैक्षिक सुधारका लागि संघर्षको तयारीमा जुटेको अखिल (क्रान्तिकारी)ले पछिल्लो चलणमा सहिद स्मृति क्याम्पस, स्कूल अफ हेल्थ साइन्स, नेश्नल कलेज अफ टेक्निकल साइन्स कलेज, सिआइटिएस लगायतका कलेजमा संगठन निर्माण गरेको हो ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य अमृत चपाईका अनुसार चितवनको भुवानी शंकर बहुमुखी कलेमा अखिल (क्रान्तिकारी) शैक्षिक सुधारका विभिन्न माग राख्दै प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ । 

आइतबार बुझाइएको उक्त ज्ञापन पत्रमा क्रान्तिकारीले छात्रवृतिको नतिजा तत्काल सार्वजनिक गर्नुपर्ने, पूर्णकालीन सेवा दिन नसक्ने कर्मचारीलाई तत्काल आमसिक सेवा लैजानुपर्ने, छात्रवृत्तिको नाममा भइरहेको सार्वजनिक सम्पत्तिको दुरुपयोग अन्त्य गर्दै उठ्नु पर्ने बेरुजु रकम तुरुन्त सार्वजनिक गर्नुपर्ने लगायतका मागहरु अगाडि सारेको छ ।

यसैबीच, आइतबार भुवानी शंकर कलेजमा अखिल (क्रान्तिकारी)ले इकाई कमिटि पुनर्गठन गरेको जनाएको छ ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य चपाईको प्रमुख आतिथ्यतामा समीर बस्नेतको अध्यक्षतामा संगठन पुनर्गठन गरिएको हो ।

संगठनका जिल्ला सदस्य अर्जुन विष्टको विशेष उपस्थितिमा सम्पन्न उक्त भेलाले पुनर्गठित इकाई समितिको उपाध्यक्षमा रबिन श्रेष्ठ, सचिवमा विवेक गुरुङ, सहसचिव सुमन सुनार, कोषाध्यक्ष करण चौधरी लगायतलाई निर्वाचित गरेको छ ।

उक्त समितिको सदस्यहरुमा सागर दराई, प्रदिप कुँवर, अविशेक बुर्लाकोटी, कुमार गुरुङ, सिमन श्रेष्ठ, रामबाबु ढुवाडी, जीत बहादुर गुरुङ, विश्वास लामिछाने, सोम गुरुङ, निर्मल चेपाङ, प्रकास दराई, सन्तोष हुमागाई, रामनाथ चौधरी, बादल चौधरी, गगन चौधरी र हिमाल श्रेष्ठ लगायतलाई चयन भएका छन् ।