विकासको अभियानमा सहभागी हुन नगरवासीलाई नगरप्रमुख बस्यालको आग्रह

नवलपरासी (मौराहाः) नवलपरासीको बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले विकासको अभियानमा सहभागी हुन नगरवासीलाई आग्रह गरेका छन् । नगरप्रमुख बस्यालले नगरको समग्र विकासका लागि आफू योजनाबद्ध रुपमा लागेको उल्लेख गर्दै विकासमा सहभागी भएर नगरविकासको अभियानमा सहयोग गर्न आग्रह गरेका थिए । बर्दघाट ११ मा शनिवार सार्वजनिक सम्पदा संरक्षण संस्थाले आयोजना गरेको सत्र्सग भवन एंवम् मन्दिर शिलान्यास कार्यक्रममा बोल्दै उनले नगरवासीले नगरको विकासमा गरेको सहयोगको समेत सरहाना गरेका थिए । विकासको लहर आएको छ– नगरप्रमुख शर्माले भने – नगरवासीलाई विकासमा अझ धेरै सहभागिता जनाउन आग्रह गर्दछु । कार्यक्रम संस्थाका अध्यक्ष बिनोद खनानको अध्यक्षता नगरप्रमुख बस्यालको प्रमुख आतिथ्यता दानबीर फूलकुमारी थरुनी वडा नम्बर ८,९ र ११ का वडाध्यक्षत्रय कविराज आचार्य चन्द्रकान्त चापागाई र तीर्थराज फौज्दारको आतिथ्यता रहेको थियो ।

गत माघ फागुनमा आयोजित धान्याञ्चलबाट संकलित रकमबाट निर्माण शूरु गरिने सो भवन ४८ लाखको लागत तथा मन्दिरका लागत ४० लाख हुने बताइएकोछ । दुवै संरचनामा लागि नक्सा समेत निर्माण गरि शिलान्यास गरिएको जनाइएकोछ । सो यज्ञमा दानवीर फूलकुमारी थरुनी २५ लाख २५ हजार रुपैया गरेकी थिईन् ।
त्यस्तै बर्दघाट ११ कै लण्डनब्रीज पुलदेखि दक्षिण टोलमा शनिवार पुल उद्घाटन गरिएको थियो । पुलको नगरप्रमुख धिरज शर्मा बस्यालले उद्घाटन गरेका थिए । पुल १ लाख १३ हजार रुपैया स्थानीयको लागत र ३ लाख नगरको योजना गरी कुल ४ लाख १३ हजारमा निर्माण गरिएको जनाइएकोछ । सो कार्यक्रम हरिकला पाण्डेको अध्यक्षता ढुण्डीराज भण्डारीको संचालन सुन्दर न्यौपानेको स्वागतका भएको थियो ।