पक्राउ पछि रिहा

 

 

 


बुटवल । आन्दोलनको समाचार संकलनका लागि जादाँ पक्राउ परेका पत्रकार रवि पाण्डेयलाई प्रहरीले रिहा गरेको छ ।


राष्ट्रिय स्वाधीनताको रक्षाका लागि भएको आन्दोलनको समाचार संकलनका लागि पुगेका पत्रकार पाण्डेलाई शनिवार दिउसो पक्राउ गरी सांझ रिहा गरेको थियो ।

पत्रकार पाण्डेय नवलपरासीको बर्दघाटबाट प्रकाशित स्थानीयपत्र साप्ताहिकका प्रबन्ध निर्देशक तथा नेपाल पत्रकार महासंघ नवलपरासीमा आबद्ध रहेको जनाइएकोछ ।


उनीसंगै पक्राउ परेका क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य तथा प्रदेशका कार्यबाहक सेक्रेटरी के।बी गुरुंग र प्रेमलाल रिमाललाई समेत प्रहरीले पक्राउ पछि रिहा गरेको पत्रकार टेक मास्की रानाले बताए ।

नेकपा क्रान्तिकारी माओवादी प्रदेश नम्बर ५ ले बुटवलको भुड्की चोकबाट आयोजना गरेको कार्यक्रमबाट उनीहरु पक्राउ परेका थिए ।

कार्यक्रममा पत्रकार टेक मास्की सहितका क्रान्तिकारी माओवादीका नेता कार्यकर्तालाई प्रहरीले लछारपछार गरेको थियो ।

कार्यक्रम सकिनै लाग्दा आक्रोशित रुपमा आएका प्रहरीले आफूहरु माथि दमन गरेको पोलिटब्युरो सदस्य तथा प्रदेशका कार्यबाहक सेक्रेटरी के।बी गुरुंगले जनाए ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भम्रण र यस समयमा गरिएका अभिनन्दन तथा सम्झौताहरुको विरोधमा कार्यक्रम भएको थियो ।

त्यस्तै नेकपा क्रान्तिकारी माओवादी प्रदेश नम्बर ५ ले बिज्ञप्ति जारी गरि सो पाटीका बाकै सचिव अर्जुन यसवा नेता दिलबहादुर कठायत, दिपक शाही र बिरबहादुर शाहीलाई तत्काल रिहा गर्न माग रहेको छ ।