अभिभावक अभिमुखिकरण कार्यक्रम 

बर्दघाट । न्यु लाइफ मावि बर्दघाटले अभिभावक अभिमुखीकरण कार्यक्रम मंगलवार सम्पन्न गरेको छ । डा. तारा प्रसाद गिरी मुख्य उत्प्रेरक रहेको सो कार्यक्रममा प्ले ग्रुप देखि १० सम्मका विद्यार्थीका अभिभावक तथा ७ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको परिकल्पना प्रिन्सिपल सन्तोष अधिकारीले गरेको बताइएको छ । सो कार्यक्रममा बिद्यालयका कार्यकारी निर्देशक डिल बहादुर अधिकारीले अभिमुखीकरणले बिद्यालयको शैक्षिक गतिबिधि बृद्धि हुनुका साथै अभिभावक शिक्षक र बिद्याथीबीचको सम्बन्ध प्रगाढ बन्ने बताए । कार्यक्रममा संस्थापक सल्लाहकार थम अधिकारीलगायत शिक्षाप्रेमीहरु उपस्थिति रहेको थियो । कार्यक्रममा ५३९ जना सहभागी भएको बताइएको छ । कार्यक्रमको संचालन विमल शर्माले गरेका थिए ।