चर्चामा तीज कोशेलीः सबकुरा नक्कली बनायो चाईनाले मै राम्री हुँ कि झुक्यायो ऐनाले

काठमाडौं । हरेक बर्ष झैं यसपटकको तीजसँगै बजारमा विभिन्न खालका गीतहरु आउँने क्रम जारी रहेको छ।

शंकर लामिछानेको छैटौं तिज कोशेली-‘सबकुरा नक्कली बनायो चाईनाले मै राम्री हुँ कि झुक्यायो ऐनाले‘ बोलको गीत अहिले चर्चामा रहेको छ ।

विन्ध्यवासि म्यूजिक प्रा.लि. ले बजारमा ल्याएको उक्त तीज गीत अहिलेसम्म युट्युवमा १६ लाख, ७६ हजार, आठ सय ९४ जनाले हेरिसकेका छन ।

उक्त गीतको छायांकन राजेश घिमिरेले गरेका छन भने सम्पादन विष्णु शर्मा गरेका छन ।गीतको भिडियो समेत अत्यन्त राम्रो बनेको प्रतिकृयाहरु आइरहेका छन ।

भिडियोको निर्देशन पार्वती राईले गरेकी छन, भने अभिनय पार्वती राई, शंकर लामिछाने
गरेका छन । हेर्नुहोस्, तपाईहरुलाई कस्तो लाग्छ ।

LOADING...