परिवर्तनका संघर्षहरुमा युवा र विद्यार्थीहरुको भूमिका महत्वपूर्ण

आयुष न्यौपाने

काठमाडौं । सबै राजनीतिक परिवर्तनका आन्दोलनहरुमा युवा र विद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहेको राजधानीमा आयोपजत एक कार्यक्रमका बक्ताहरुले बताएका छन ।

राजधानीको त्रि–चन्द्र बहुमुखी क्याम्पसमा हिजो आयोजित एक सय एक औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने अधिकाशं वक्ताले त्यस्तो बताएका हुन् ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै (प्रचण्ड नेतृत्वको पार्टी निकटको) अखिल क्रान्तिकारीका केन्द्रीय सचिव दान बहादुर साउद ‘डिबी’ले देशको मुहार फेर्नका खातिर गरिएका सबै संघर्षहरुमा विद्यार्थी, युवाहरुको भूमिका अत्यन्त महत्वपूर्ण रुपमा इतिहासमा दर्ज भएको ठोकुवा गरें ।

सचिव साउदले भने–‘२०४६ होस वा ०६२–६३ को जनआन्दोलन, युवा विद्यार्थीहरुले त्यसको नेतृत्व गरेका थिए, अझ राजधानी भित्रका अधिकाशं संघर्षहरुमा त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुको सहभागीता र नेतृत्वकारी भूमिका बढि नै रहेको देखिन्छ । परिवर्तनका पक्षमा लड्ने पुस्ता नै युवा पुस्ता हो ।’

उक्त कार्यक्रमा विभिन्न राजनीतिक दल निकटका विद्यार्थी संगठनका प्रतिनीतिहरु, युवा, विद्यार्थी, क्याम्पस परिवारका सदस्यहरु लगायतको बाक्लो उपस्थिती रहेको थियो ।