बर्दियाकी ब्लड क्यान्स पीडित बालिका मिनाको उपचारमा समस्या

परिवारद्धारा सहयोगको अपिल

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–१, की बालिका मिना तिमिल्सेनालाई रगतमा क्यान्सर (Acute leukomia- Blood Cancer) देखिएपछि उनको उपचारमा आर्थिक समस्या जटिल बनेको पारिवारीक श्रोतले जनाएको छ ।

भुरिगाउ स्थित त्रिभुवन उच्च माविको कक्षा दशमा अध्ययनरत छात्रा मिनाको पारिवारीक अवस्था मध्यमस्तरको भएपनि लामो समयसम्म अस्पतालमा राख्नुपर्ने र उपचारमा ठूलो रकम खर्च हुने भएकाले परिवारजन चिन्तामा रहेका छन ।

रगत क्यान्सर पीडित बालिका मिनाका दाजु आशिष मिमिल्सिनाले हरपल नेपालसँग कुरागर्दै आफ्नो बहिनीको उपचारमा आर्थिक सहयोग गरिदिन सम्पूर्ण क्षेत्रका समाजसेवी, अगुवा, बुद्धीजिवि, बर्दियाली सहयोगी मनहरुमा हार्दिक अपिल गरेका छन ।

उनले आफ्नो बहिनीको अवस्थामा नाजुक बनेको र उपचारमा ठूलो आर्थिक रकमको आवश्यकता पर्ने बताए । उनको उपचार अहिले चितवनको भरतपुर स्थित विपि कोइराला क्यानसर अस्पतालमा भैरहेको छ ।

उनको उपचारमा सहयोग पुर्याउनका लागि बर्दियाका युवाहरुले ‘मिना बचाउँ अभियान’ चलाएका छन । उनको सहयोगका लागि त्रिभुवन माबिका प्रद्यानअध्यापक कुशेश्वर प्रसाद चौधरीले विद्यालय परिवारका तर्फबाट पचास हजार आर्थिक सहयोग गरेका छन । उनको उपचरमा सहयोगका लागि यो नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ । आशिष–९८६८१२६८७५