विश्वव्यापी तापमानमा वृद्धिः हेर्नुहोस्, यसरी बढ्दैछ समुद्रिक तापक्रम, चिन्ताको विषय अब के हुन्छ पृथ्वी ?

अनुसन्धानकर्ताहरूको निष्कर्षः सम्वेदनशील अवस्था

काठमाडौं । मानव क्रियाकलापका कारण उत्पन्न विश्वव्यापी तापमान वृद्धिका कारक ग्याँसहरूले पहिले सोचेभन्दा धेरै तापमान वृद्धि गराएका छन्। गत पच्चीस वर्षमा समुद्रहरूले सोसेको ताप पहिले सोचिए भन्दा धेरै परिमाणमा भएको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

नयाँ अध्ययनले पहिले आँकलन गरिएको भन्दा ६० प्रतिशत धेरै ताप समुद्रहरूले सोसेको पाइएको देखाएको छ। नयाँ निष्कर्ष अनुसार पृथ्वी इन्धन उत्सर्जनको परिणामप्रति धेरै नै सम्वेदनशील रहेको देखिन्छ।

यसले यो शताब्दीमा विश्वव्यापी तापमान वृद्धिलाई सुरक्षित स्तरमा राखिराख्न निकै कठिन बनाइदिने देखिन्छ। संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानेलको पछिल्लो वृहत् परीक्षण बमोजिम हरितगृह ग्यासका कारण संकलित अतिरिक्त तापको ९० प्रतिशत विश्वका समुद्रहरूले सोसेको देखिएको छ।

यो नयाँ हिसाबले के देखाएको छ भने समुद्रहरूले पहिले सोचिएभन्दा निकै धेरै परिमाणमा ताप सोसेका छन्। यसले मानव क्रियाकलापका कारण उत्पन्न विश्वव्यापी तापमान वृद्धिका कारक ग्याँसहरूले पहिले सोचेभन्दा धेरै तापमान वृद्धि गराएको देखाएको छ।

सो अध्ययनमा सामेल अनुसन्धानकर्ताहरू भन्छन्यी– नयाँ तथ्यले प्यारिस सम्झौतामा सरकारहरूले तापमान वृद्धि सम्बन्धी राखेका लक्ष्य भेट्टाउन झन् कठिन हुने देखिन्छ। बढी ताप भएको समुद्रमा अक्सिजनको मात्रा कम हुन्छ, जलचर प्रभावित हुन्छन् र सामुद्रिक सतह माथि आउने जोखिम बढ्छ।

यस शताब्दीमा तापमान वृद्धिलाई डेढ वा अझ २ डिग्री सेल्सियसभित्रै कायम राख्न थप कठिन बनाउने त छँदैछ, समुद्रहरूमा मिसिएको अतिरिक्त तापले त्यहाँको पानीमा पनि व्यापक परिवर्तन ल्याउनेछ।

संयुक्त राज्य अमेरिका, चीन, फ्रान्स र जर्मनीका अनुसन्धानकर्ताहरूको सो अध्ययनले पृथ्वीको तापमान बढाउने हानिकारक तत्वहरूको उत्सर्जनमा पहिले लक्ष्य गरिएभन्दा थप २५ प्रतिशतले कमी ल्याउन पर्ने निष्कर्ष निकालेको छ।

बढी ताप भएको समुद्रमा कम अक्सिजन हुन्छ जसले सामुद्रिक पर्यावरणमा सोझो असर पर्छ। त्यसले समुद्र सतह माथि आउने जोखिम पनि बढाउँछ। बीबीसीबाट