फाल्गुनन्दलेको अहिंसात्मक अभियान शान्ति कायम गर्न महत्वपूर्णः प्रधानमन्त्री ओली

घोषणापत्र सदैव सान्दर्भिक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रि«य विभूति तथा समाज सुधारक फाल्गुनन्दले सञ्चालन गरेको अहिंसात्मक अभियानले समाजमा शान्ति कायम गर्न महत्वपूर्ण योगदान खेलेको बताएका छन् ।

आज फाल्गुनन्दको १३४ औं जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

उनले भनेका छन–‘समाज सुधारको लागि फाल्गुनन्दले जारी गर्नुभएको घोषणापत्र सदैव सान्दर्भिक छ, उहाँले सञ्चालन गरेको अभियानले समाजमा शान्ति कामय गर्न भूमिका खेलेको छ ।’

किराँत धर्मवालम्बीहरुले फाल्गुनन्दलाई प्रेरक व्यक्तित्वको रुपमा समेत सम्मान गर्ने गर्दछन् । उनले वि.सं. १९८८ बैशाख २४ गते पाँचथरको लोब्रेकुटीबाट समाज सुधारको सात बुँदे घोषणापत्र जारी गरेका थिए ।

फाल्गुनन्दको जन्मदिनको दिन किराँत धर्मवालम्बीहरुलाई सार्वजनिक विदा दिइने गरिएको छ । सरकारले २०६६ सालमा समाज सुधारकको रुपमा सम्मान सहित उनलाई राष्ट्रिय विभूतिको घोषणा गरेको थियो ।