नवलपरासीमा ट्रयाक्टरले अटो रिक्सालाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

घाइतेको मध्यविन्दु अस्पतालमा उपचार हुँदै

नवलपरासी । ट्रयाक्टरले अटो रिक्सालाई ठक्कर दिएपछि नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ मा एक जनाको मृत्यु हुनुका साथै एक घाइते भएका छन् ।

उक्त दुर्घटना हिजो साँझ ७ बजे वन कार्यालय नजिकै पूर्वपश्चिम राजमार्गमा लु ३ त ८११३ नम्बरको ट्रयाक्टरले लु १ ह २१९ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा भएको हो ।

दुर्घटनाबाट अटोरिक्सामा सवार विनयी त्रिवेणी गाउँपालिका–४ का १८ वर्षीय वसन्त पल्लीको घटना स्थलमानै मृत्यु भएको बताइएको छ।

दुर्घटनामा परी त्रिवेणी गाउँपालिका–४ का ३२ वर्षीय भिमबहादुर सारु मगर घाइते भएको प्रहरीले जनाएको छ। उनको टाउकोमा चोट लागेको छ ।

घाइतेको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुर जनाएको छ ।प्रहरीले घटनाको विषयमा थप अनुसन्धान चलिरहेको समेत बतायो ।