आठ बर्षीय बालकको अपहरणपछि हत्याः झोलामा पोको पारेको अवस्थामा शव भेटियो

हत्याको आशंकामा एक पक्राउः अनुसन्धान जारी

काठमाडौं । सामाखुसीस्थित वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको छ ।

दुई दिन अघिदेखि परिवारको सम्पर्कमा नआएपछि उनको अपहरण भएको हुनसक्ने आशंका गरिएको थियो । प्रहरीका अनुसार बालकको शव मैपी पुलको तल झोलामा पोको पारेको अवस्थामा भेटिएको छ ।

मृतक बालक बुवा होटल व्यवसायी हुन् । उनले नयाँ बसपार्कमा स्वस्तिका त्रिवेणी गेष्टहाउस सचाउँदै आएका छन । बालक अपहरणपछि कसैको फोन वा फिरौति रकमबारे कुरा नआएको बुझिएको छ ।

अनाथ बालकको मृत्युको कारण अझै पत्ता नलागेको प्रहरीको भनाइ रहेको छ । हरपल नेपालको फोन सम्बादमा प्रहरीले हत्या र अपहरणबारे गहिरो अध्यन गरिरहेको बताएको छ ।

हत्याको आशंकामा प्रहरीले मृतक बालकको होटलमा केहि समय पहिलेमात्र काम गर्न बसेका स्याङ्जाका महेन्द्र ऐसकेलाई पक्राउ गरेको बताएको छ ।

पक्राउ परेका महेन्द्रले प्रहरीको प्रारम्भिक वयानमा होटेल साहुजीले कामबाट निकाल्दिन्छु भनेर रिसाउने गरेकाले अपहरण गरेको बताएको खुल्न आएको छ ।

मृतक बालक होटल परिसरमा खेलिरहेको अवस्थामा मंगलबार साँझबाट सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि प्रहरीले प्रयास गरेको थियो ।