सरकार हार्यो जनतासँग: व्यपाक जनदबाबपछि जोर बिजोर हटाउन सरकार बाध्य, नागरिकहरु खुशी

सरकारको निर्देशनः सवारी साधनमा सहजता कायम गर

काठमाडौं । सरकारले नजअधिकारको अपमान गर्दै आफ्नो सहजताका लागि पटक पटक सवारी आवागमनमा नागरिकलाई हैरान पारेको भन्दै सामाजिक सञ्जालमार्फत व्यापक विरोध भएपछि सरकारले आफ्नो निर्देशन फिर्ता लिएको छ ।

सरकारले यसअघि एसिया प्यासिफिक समिटमा आउने पाहुनको सहजताका लागि भन्दै बिहीबारदेखि आइतबारसम्मका लागि उपत्यककामा जोर बिजोर प्रणालीबाट सवारी चलाउन प्रहरीलाई निर्देशन दिएको थियो ।

जोर बिजोर लागु भएको पहिलो दिनदेखि नै नागरिक अगुवा, बुद्धिजिवि, राजनीतिज्ञ तथा सर्वराधारण नागरिकहरुले सरकारी निर्णयको कार्यान्वयन गर्न नसकिने भन्दै सरकारको आलोचना गरेका थिए ।

हपल नेपालसँगको संवादमा बुद्धिजिवि तथा कानुनी जानकारहरुले सरकारले अनावश्यक रुपमा जनताको अधिकार हनन गरेको भन्दै कडा विरोध जनाएका थिए । सरकारको त्यस्तो कदमसँगै स्थानीयवासीहरु खुशी भएका छन ।

सर्वसाधारण नागरिकहरुले सडकमा गाडी नपाएको भन्दै विभिन्न स्थानमा सरकार विरोधी प्रतिकृया आएसँग त्यो नियमको नागरिक तहबाट सडकमा विरोध हुने अवस्था देखिएपछि सरकार पछि हटेको हो ।

चाहनाको सम्मान गर्दै गृहमन्त्रालयले हिजो साँझ ११ः३० बजेबाट हटाउन भन्दै प्रहरीलाई जानकारी दिएको ट्राफिक प्रहरी महाशाखाले हरपल नेपालसँग जनाएको छ ।

आइतबार समापन हुने उक्त सम्मेलनको आज उद्घाटन हुँदैँछ । सरकारले सम्मेलनको लागि विशिष्ट अतिथिहरु हिड्ने सडकमा केहीबेर भने सुरक्षाको विषयलाई मध्यनजर गर्दै सडकमा आवागमन रोक्न सक्ने बताइएको छ ।