बबरमहलको एक भवनमा आगलागीः नियन्त्रणको प्रयास हुँदै

आगलागीको कारण अझै खुल्न सकेन

काठमाडौं । काठमाडांैंको पहिले जिल्ला अदालत रहेको भवनमा आगलागी भएको छ। बबरमहलमा रहेको उक्त भवनमा आगलागी भएको हो ।

उक्त भवनमा एक्कासी आगोलागेको थाहा भएपछि अहिले नेपाल प्रहरी र स्थानीयहरुद्धारा नियन्त्रणको काम भै रहेको बताइएको छ ।

प्रहरीले आगलागीको कारण तथा के कसरी भयो भन्ने अझै खुल्न नसकेको जनाएको छ । आगलागीबाट धेरै भवन जलेको छ भने भित्र रहेका सामान के कति क्षति भए खुल्न सकेको छैन ।