संसदीय व्यवस्थाका विरुद्ध जनतालाई सडकमा उत्रिन देजमोको अपिलः चैत्र २४ गते तेश्रो जनआन्दोलनको तयारी

राष्ट्रघाति, जनघातिहरुलाई गजुरेलको चेतावनी: संघर्षका कार्यक्रम सार्वजनिक

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोचा नेपालका अध्यक्ष सीपी गजुरेल गौरवले संसदीय व्यवस्था रहेसम्म राष्ट्रघाति, जनघाति कामहरु चलिरहने भन्दै त्यसको विरुद्धमा सबैलाई सडकमा उत्रिन आह्वन गरेका छन ।

काठमाडौंको कमलादीस्थित होटल कमलमा आज मोर्चाद्धारा आयोजित पत्रकारे सम्मेलनमा बोल्दै नेता गजुरेलले संसदीय व्यवस्थाको विकल्पमा विशाल शक्ति प्रदर्शन गर्नुपर्ने भन्दै त्यसतो बताएका हुन ।

‘जनताका समस्या बढिरेहेका छन, राष्ट्रियता, जनतन्त्र र जनजीविका कमजोर बन्दै गएको छ । मुलुकमा सबै अस्तवेस्त छ, अब हामी धेरै समय हेरेर बस्न सक्दैनौ ।’ उनले भने–अब देशमा जनताको व्यवस्था ल्याउन अर्को एक ऐतिहासिक आन्दोलन गर्नुको विकल्प छैन ।

उनले भने–‘देशको इतिहासमा एक ऐतिहासिक दिनका रुपमा स्थापित चैत्र २४ गतेका दिदनमा एक वृहत् जनसभा गरी केन्द्रीय रुपमा व्यापक जनपरिचालन गरिने छ । यसले हडतालसम्मको स्थिति ल्याउन सक्छ, हामी व्यवस्था परिवर्तनको आन्दोलनका रुपमा उभिएका छौ ।’

जुरेलले देश निकै भयाबह अवस्थामा पुगेको भन्दै समाजवाद, समृद्ध नेपाल, सुखी नेपाली जस्ता गुलिया नारा लिएर चुनावमा जनताको आँगनमा पुगेकाहरु अहिले जनतासँग कर अशुल्दै सरकारमा बसेको भन्दै त्यसको विरोधमा सबै उत्पीडित वर्ग, समुदाय, क्षेत्रबाट उत्रिनुपर्ने बताए ।

उनले वर्तमान वाम नामधारी ओली सरकारले सिंगो देशलाई भ्रष्टाचार, माफियातन्त्र, विचौलिया र तस्करीको आहालमा डुबाएको भन्दै त्यसबाट मुलुकलाई मुक्त गराउँनका लागि तेस्रो जनआन्दोलनको अपरिहार्यता रहेको विषयमा जोड दिए ।

गजुरेलले जनताले चाहेको न्यायीक व्यवस्था अझै नआएको भन्दै त्यसका लागि सचेत नागरिक, देशभक्त, वामपन्थी, प्रगतिशील तथा अग्रगामी शक्तिहरुलाई एक जुट भएर संघर्षका कार्यक्रममा सहभागि हुन अपिल समेत गरे ।

मुलुक संवेदनशिल अवस्थामा रहेको बेला मोर्चा एक जिम्मेवार वैकल्पिक शक्तिका रुपमा जिम्मा लिन र त्यसको कुशलतापूर्वक नेतृत्व गर्न तयार रहेको भन्दै आन्दोलनको बलबाट दलालहरुको व्यवस्था ढाल्ने बताए ।

उनले वर्तमान सरकारलाई चुनौति दिदै भने–‘जनघाति हर्कतका विरुद्ध मोर्चा चरणवद्ध संघर्षका कार्यक्रमहरु अघि बढाउँछ, अब धेरै दिन छैन, हामी छिट३टै जनताको व्यवस्था ल्याउँछौ, यो निश्चित कुरा हो । त्यसको तयारीमा सबै जनसमुदायको साथ भने जरुरी हुन्छ ।’

उनलृ आफुहरुले गर्ने आन्दोलन कुनै पनि व्यक्तिका विरुद्ध नभएर सिंगो संसदीय व्यवस्थाका विरुद्धमा भएकाले यसलाई जनताको सत्ता स्थापना गर्ने विकल्पको आन्दोलनका रुपमा बुझन सकिने तर्क गरे ।

उनले ओली सरकार आफैमा असक्षम र नाललायक भइसकेको र कांग्रेस पनि जनताले नरुचाएको पार्टी बनिसकेको भन्दै आफुहरु नै वैकल्पिक शक्तिको रुपमा रहेको तर्क अघि सारे ।

उनले पूर्व लडाकूहरु माइतिघर मण्डलामा अनसनमा बसेका र उनका नेतालाई गिरफ्तार गरेर गायब बनाइएको प्रसंग उल्लेख गर्दै अब लडाकूहरु पनि तेस्रो जनआन्दोलनभन्दा अन्यत्र विकल्प नदेख्ने दावी गरे ।

इतिहासमा धोखाधडी र विश्वासघात फेरि आउन नदिन आफूहरुले पाठ सिकेर अघि बढेको कुरामाथि प्रकाश पार्दै उनले प्रचण्डहरुले गरेका गद्दारीका विरुद्ध विद्रोह गरेर आफूहरुले जनताको विश्वास र माया नगुमाएको कुरामाथि प्रकाश पारेका थिए ।

यस्ता छन, मोर्चाले अघि सारेका संघर्षका कार्यक्रमहरु

त्यस्तै कार्यक्रममा मोर्चाका केन्द्रीय सचिव समेत रहेका क्रान्तिकारी माओवादीका नेता परी थापाले एक विज्ञप्ती पढेर सुनाउँदै सघर्षका कार्यक्रमबारे सार्वजनिक गरे । मोर्चाको हालै सम्पन्न केन्द्रीय समितिले तय गरेको संघर्षका कार्यक्रमबारे थापाले त्यहाँ सार्वजनिक गरेका हुन ।

सघर्षका कार्यक्रमलाई घनिभुत बनाउन देशव्यापी जनसम्पर्क र जनसम्बन्धलाई जोड्ने खालको एक अभियान मोर्चाले गर्ने जनाइएको छ । मोर्चाले संघर्षका रुपमा मेचीमहाकाली अभियान फागुन ७ गते पूर्वमा झापा, पश्चिममा कञ्चनपुर, मध्यमा पोखरा र राजधानी सहर काठमाडौं गरी ४ ठाउँबाट उद्घाटन गर्ने बताइएको छ ।

त्यस्तै फागुन ७ देखि २१ गतेसम्म लगातार १५ दिन भव्य रुपमा देशव्यापी संघर्षका कार्यक्रमहरु गरिने र त्यसका लागि व्यापक मोर्चा निर्माण र सहकार्यका लागि देजमो अध्यक्षको अध्यक्षतामा तीन सदस्यीय वार्ता टोली पनि गठन गरिएको जनाइएको छ ।

संघर्षहरुका साथै केन्द्रदेखि स्थानीय स्तरसम्म देशव्यापी संगठनको विस्तार गर्ने, त्यसका भेला तथा सभा र सम्मेलनहरु गर्ने, अन्तरक्रियाहरु सम्पन्न गर्ने र संघर्षका लागि कार्यगत एकताको पहल गर्ने कुराहरुमा मोर्चाले जोड दिएको छ ।