काँकडभिटा बाट बुटवलतर्फ जाँदै गरेको बस नवलपरासीमा दुर्घटना

एकजनाको मृत्यु, १० घाइतेः घाइतेको उपचार हुँदै

नवलपरासी । काँकडभिटाबाट बुटवलका लागि छुटेको बस नवलपरासीमा दुर्घटना भएको छ । दुर्घटनाबाट बसमा सवार एक जनाको मृत्यु भएको छ भने दश घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ना ४ ख ७०४६ नम्बरको उक्त बस आज विहान नवलपरासीको ४० किलो जगंलनजिक अनियन्त्रित भई सडकबाट तल पल्टिएको हो ।

मृत्यु हुनेको नाम अझै खुल्न सकेको छैन भने अहिले घाइतेहरुको उपचारको व्यवस्था गरिँदै छ । घटनाको जानकारी पाएपछि प्रहरीले घटनास्थल पुगी उद्धार गरिरहेको छ।