भिडियोसहित हेर्नुहोस्, व्यवस्था परिवर्तनको लागि बलिदानी हुन तयार छौंः नेता अटल

निरन्तर क्रान्तिको प्रकृयामा जोडिन आह्वान

कैलाली । नेकपा (क्रान्तिकारी माओवादी) ले देशव्यापी रुपमा माओ दिवसलाई भव्य रुपमा मनाएको छ । क्रान्तिकारी माओवादीले जिल्लाका विभिन्न स्थानमा विकेन्द्रीत रुपमा उक्त कार्यक्रम मनाएको हो ।

क्रान्तिकारी माओवादीका पेलिटब्युरो सदस्य तथा सुदुरपश्चिम प्रदेश सेक्रेटरी अटलले क्रान्तिका लागि आफ्नो पार्टी बलिदानी गर्न तयार रहेको बताएका छन ।

नेता अटलले कैलालीको अत्तरीयमा आयोजित १द्द६ औं माओ दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै त्यस्तो बताएका हुन ।

उक्त कार्यक्रममा बोल्दै अटलले भने–‘सर्वबहारा वर्गिय आनदोलनको नेतृत्व गर्न हामी तयार छौं । हाम्रो पार्टी मालेमावादी आलोकबाट जनताको पक्षमा जुटेको छ, जस्ले माओवाद मान्दैन, जस्ले माओवादी शब्दमै आपत्ति जनाए, उनीहरुलाई माओ दिवस मनाउने कुनै नैतिकता छैन ।’

उनले पार्टीले लिएको नीतिको अनुसरण गर्दे निरन्तर क्रान्तिको बाटोमा अघि बढ्नु माओ दिवस मनाउँनुको मुख्य अर्थ रहेको भन्दै उनले सबै समस्याहरुको हल क्रान्तिको माध्यमबाट गर्न सकिने भएकाले समाजिक व्यवस्था परिवर्तको लागि संगठित हुन सबैलार्य आह्वान समेत गरे ।

त्यसैगरी उक्त कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा कैलाली, अछाम इन्चार्ज राम बहादुर केसी डायमण्डले असली माओवादी आफुहरु भएको भन्दै माओप्रतिको सच्चा सम्मान संघर्षको प्रकृयाबाट मात्र हुने तर्क गरेका छन । उनले प्रचण्ड, बाबुराम र विप्लवहरुसँग माओ दिवस मनाउने नैतिक आधार नभएको समेत बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार महासंघका कन्द्रीय कार्यालय सदस्य तथा प्रदेश नम्बर पाँच र सातका इन्चार्ज लोकराज जैसीले माओले प्रतिपादन गरेको विचारलाई व्यवहारीक रुपमा लागु गर्नु र निरन्तर क्रान्तिको प्रकृयामा जोडिनु नै उहाँप्रतिको सच्चा सम्मान भएको बताए ।

कैलाली पार्टी सेक्रेटरी रुद्र कडेंलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सदस्य दिलबहादुर बम प्रभातले सबै प्रकारका शोषण, उत्पीडको हल संघर्षका माध्यमबाट सम्भव हुने भन्दै त्यसका लागि मालेमावादी सिद्धान्त बोकेको क्रान्तिकारी माओवादीमा समाहित हुन सबैसँग आह्वान समेत गरे ।

उक्त कार्यक्रममा अखिल क्रान्तिकारीका जिल्ला संयोजक पुस्कर जोशी, पार्टी जिल्ला सचिवालय सदस्य टंक प्रसाद कोइराला लगायतका नेताहरुको समेत उपस्थित रहेका थिए ।