लागुऔषधको गोदाममा प्रहरीले छापा हान्योः ठूलो परिणाममा लागुऔषध बरामद

लागुऔषको नियन्त्रणमा प्रहरीको सफलता

काठमाडौं । विशेष सूचनाका आधारमा नेपाल प्रहरीले लागुऔषधको गोदाममा छापा हानेर ठूलो परिणाममा लागुऔषध बरामद गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको विशेष टोलिले उक्त गोदाम फेला पारेको हो ।

प्रहरी श्रोतका अनुसार गोप्य सूचनाका आधारमा प्रहरीले लागुऔषध नियन्त्रण ब्युरोको स्पेशल टोलिलाई त्यसका लागि परिचालन गरेको थियो ।

उक्त टोलिले सूचनाका आधारमा अनुसन्धान गर्दै छापा मार्दा त्यहाँबाट लागुऔषध फेला परेको हो ।

कोटेश्वर प्रहरी वृतका डिएसपि चक्र बहादुर जोशीले हरपलसँगको कुराकानीमा सूचनाका आधारमा प्रहरीको अनुसन्धान र कार्बाहीले उक्त सफलता पाएको बताए ।

उनले आज दिउँसो साढे दुई बजे उक्त विषयको विस्तृत जानकारीका लागि कोटेश्वर प्रहरीले पत्रकाकर सम्मेलनको आयोजना गरेको समेत जनाए ।

श्रोतका अनुसार छापा मारेको स्थान काठमाडौं उपत्ययका भन्दा बाहिर भएपनि त्यहाँ लागुऔषधको ठूलै कारोबार हुने गरेको बुझिएको छ ।

त्यहाँबाट प्रहरीले चरेस, अफिमदेखि अन्य नसालुपदार्थहरु समेत बरामद गरेर ल्याएको बुझिएको छ ।