टीकापुर घटनाका मुख्य आरोपि, सांसद चौधरीको शपथः अभियोग मुक्त गर्न खोजेको आशंका

शपथ प्रकृया विवादस्पदः अदालतमा मुद्धा

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) तर्फबाट २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचितमा कैलाली क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद् रेशमलाल चौधरीले आज सभामुख कृष्णबहादुर महरा समक्ष सपथ लिएपछि त्यसलाई कतिपयले उनीमाथी लागेको अभियोग मुक्त गर्ने सरकारको प्रयत्न भन्दै आएका छन ।

श्रोतका अनुसार राष्ट्रिय जनता पार्टी नेपालले सरकारसँगको छलफलमा सांसद चौधरीमाथीको आरोप झुट्टा भएको भन्दै सपथ खुवाउनुपर्ने अडान राखेपछि उनलाई राजनीतिक आडमा जेलभित्रै रहेका बेला समेत सपथ खुवाइएको हो ।

टीकापुर घटनाको मुख्य अभियुक्तको आरोप लागेकाले लामो समयसम्म फरार रहेका सांसद् चौधरीले एक साता अघि मात्र प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई अहिले डिल्लीबजार कारागारमा राखिएको छ ।

सिंहदरबारमा शपथपछि उनलाई अहिले थुनामा राखेको भएपनि विवादास्पद अवस्थामा खुवाइएको सपथले चौधरीलाई अभियोगबाट चोख्याउने चलखेल गरिएको भन्ने धेरैको ठम्याई रहेको छ ।

सपथ ग्रहण प्रकृयाबारे कतिपयले राजनीतिक मुद्धा बनाएर उनलाई छुटाउँन खोजेको आरोप लगाएका छन भने कतिपयले फौजदारी अभियोग लागेको मानिसलाई अदालतको सफाया अगाबै सांसदको सपथ खुवाउँने विषय विवादास्पद र कानुनको अपमान पनि भन्ने गरेका छन ।

प्रमुख प्रतिपक्ष दलका एक जना नेताले हरपलसँगको कुराकानीमा विवादास्पद व्यक्तिलाई सपथ खुवाउँने विषय संविधानविपरीत भनेका छन । 

उनले राजनीतिक आडमा भएको शपथले चौधरीमाथी लागेको अभियोग सही सावित गर्ने प्रयत्नको संज्ञा समेत दिए ।

उनले भने–‘चरित्रमा दाग लागेको छ, फौजदारी अभियोगमा अदालतमा मुद्धा चलिरहेको छ, अदालतले सफाया दिएको छैन, यस्तो विवादस्पद अवस्थामा सपथ खुवाएर गर्न के खोजेको हो ? कुरा प्रष्ट छ ।’

उक्त विषयलाई जनतालाई क्रान्तिको तयारीमा जुटाउँटै हिडेको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले भने सत्ताँ टिकाउने खेलोका रुपमा टिप्पणी गरेका छन ।

नेता गजुरेलले हरपलसँगको कुराकानीमा भने–‘दुई तीहाइको सत्ताँ गठबन्धन टिकाउँनका लागि सरकारले मधेश केन्द्रीत राजनीतिक दलहरुलाई प्रभाव पार्न खोजेको देखिन्छ । राष्ट्र र जनताको भावना विपरीत सरकार छ भन्ने यसले प्रष्ट पारेको छ । कुर्सिका लागि जे पनि गर्न सरकार तयार देखियो ।’

सांसद चौधरीलाई शपथपछि सभामुख महराले माला लगाएर स्वागत गरेपनि उनको सपथले भने अभियोगबाट उन्मुक्ति पाउँने देखिदैँन । उनीमाथीको आरोप टीकापुर घटना घटाएको र प्रहरी संगठनमा राम्रो छवि बनाएका जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ सुरक्षाकर्मीको मृत्युसँग समेत जोडिएको छ ।

संघिय संरचनामा सीमांकनको विषयलाई लिएर गत २०७२ सालमा टीकापुरमा भएको थरुहट आन्दोलनको क्रममा भाद्र ७ गते सोमबार भएको घटनामा एसएसपी न्यौपानेसहित ६ सुरक्षाकर्मी र २ वर्षका बालक टेकेन्द्र साउद लगायतको मत्यु भएको थियो भने ५० भन्दा बढी सुरक्षाकर्मी, स्थानीयवासी र आन्दोलनकारीहरु समेत घाइते भएका थिए ।

संयुक्त संघर्ष समितिले सरकारी कार्यालयहरुमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रम बढाउँदा निषेधाज्ञा तोडेर अघि बढेपछि हिसांत्मक घटना हुन पुगेको थियो ।