साँस्कृतिक कार्यक्रमले मनोरञ्जनका साथै परिवर्तन र आन्दोलनको सन्देश प्रवाह गर्नुपर्छः परि थापा

प्रज्ञामा माघ ११ गते वैचारिक–सांस्कृतिक कार्यक्रम हुने

परि थापा

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समित सदस्य परि थापाले सांस्कृतिक कार्यक्रमहरु कलाको प्रदर्शन र मनोरञ्जनका लागि मात्र नभएर परिवर्तन, आन्दोलन र सकारात्मक सन्देश प्रर्वाह गर्ने उद्देश्यसहित आयोजना हुनुपर्ने बताएका छन ।

शनिवार राजधानी काठमाडौंको बागबजारस्थित हलोक्याफेमा पूर्व ब्रिटिश गोर्खाहरुको संगठन बिगेसोले आयोजना गरेको एक अन्तरक्रिया कार्याक्रममा आफ्नो धारणा राख्दै नेता थापाले त्यस्तो बताएका हुन ।

थापाले साँस्कृतिक कार्यक्रम समाज रुपान्तरण अभियानको एक महत्वपूर्ण पाँटो भएको औल्याउँदै कला, संस्कृतिको विकास र त्यसले सामाजिक व्यवस्था परिवर्तनका पक्षमा संन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए ।

उनले समाजमा बिद्यमान सामाजिक विकृति, विसंगति, कुसस्कार, छुवाछुत, वर्गिय विभेद जस्ता विषयहरु राज्यसत्ताँको दलाल पूजिँवादी एंव सामान्तवादी प्रवितिका कारण उब्जिएको र त्यसको संरक्षण राज्य व्यवस्थाले नै गरिरहेको बताउँदै त्यसका विरुद्धमा कलाकारहरुले सचेतनामूलक कार्यक्रमहरु मार्फत सामाजिक रुपान्तरणमा भूमिका देल्नुपर्ने बताए ।

समाजमा अन्य क्षेत्रमा जस्तै कलाकारीता र साँस्कृतिक क्षेत्रमा समेत तमाम खालका समस्याहरु रहेको भन्दै उनले सबै प्रकारका समस्याहरुको समाधान वर्तमान संसदीय व्यवस्थाको अत्य भएकाले त्यसको विकल्पमा नयाँ जनवादी व्यवस्थाका लागि कलाकारहरुले आफ्ना प्रस्तुतिमार्फत भूमिका खेल्नुपर्नेमा जोड दिए ।

माक्र्सवादी सौन्दर्यताको परिभाषाबारे प्रकाश पार्दै उनले भने–‘कलाकारहरु स्वभावैले परिवर्तनका पक्षमा हुन्छन, संसारमा कलाको प्रयोग मूलत रुपान्तरणकै पक्षमा विकास भैरहेको छ । तसर्थ हामीले साँस्कृतिक अभियानका माध्यमबाट समाज र जनताप्रतिको त्यो त्यो दायित्व समेत निर्वाह हुनेगरी सोच्नु जरुरी हुन्छ ।’

साँस्कृतिक अभियन्ताहरुले त्यसलाई नयाँ उचाइमा परिस्कृत र विकसित गरेर अघि बढाउँदै लैजानुपर्ने कुरामा उनको विशेष जोड रहेको थियो ।

त्यस्तै बिगेसोका सभापति पदम सुन्दर लिम्बुले कार्यक्रममा अभिव्यक्त गर्ने विषयवस्तुहरु र त्यसको तयारीको कामको समीक्षा तथा बाँकी कामको तदारुकताका लागि थप सुझावहरु दिएका थिए । उनको जोड प्रस्तुत गरिने कार्यक्रमले वैचारिक भाव सहित कलात्मक रुपले अभिव्यक्त गरिनु पर्ने कुरामा केन्द्रीत थियो ।

अन्तरक्रिया कार्यक्रमको कार्यक्रमको सञ्चालन गर्दै सर्मन याक्सोले त्यसको स्वरुप, विषयवस्तु र तयारीका लागि भएको कामहरुबारे शुरुमै प्रकाश पारेका थिए ।

प्रमुख अतिथिका रहेका थापाले त्यहि कार्यक्रमबीच संस्थालाई कार्यक्रमहरु सञ्चालनमा आर्थिक सहयोग गर्ने समाजसेवी सूर्य खापुङ र गायिका रीता थोम्बो ठूलीलाई खादा ओढाएर सम्मान तथा अभिनन्दन समेत गरेका थिए ।

उक्त कार्यत्रक्रममा नायिका लक्ष्मी योङहाङ, गायिका देशु सोहाङ, मोडल नृत्यकार नुमा शेर्पा, केसु पुन, विक्रम थापा, रोशा नेम्वाङ, मनु सुब्बा, बेष्ट अवार्ड विजेता फिल्म डाइरेक्टर चन्द्र वाम्बुले, विद्यार्थी, पत्रकार तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम आयोजक संस्था बिगेसोले काठमाडौंमा गर्न लागेको एक वैचारिक सांस्कृतिक कार्यक्रमको लागि सुझाव तथा सल्लाहमा केन्द्रीत रहेको थियो ।

बिगेसोका अनुसार संस्थाको आयोजनामा आउँदो माघ ११ गते कमलादिस्थित राष्टिय प्रज्ञा प्रतिष्ठानमा उक्त वैचारिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।