लिज प्रकरणको विरोधमा दोश्रो चरणको आन्दोलनः धर्ना,जुलुसदेखि बजार बन्दका कार्यक्रम सार्वजनिक

माग पुरा नभएसम्म आन्दोलन नरोक्नेमा युवाहरुको एक्यवद्धता

कञ्चनपुर । कञ्चनपुर नगर विकासको जग्गा अवैधानिक रुपमा लिजमा दिएको भन्दै विभिन्न राजनीतिक दल निकटका विद्यार्थी संगठनहरुले सरकारका सम्बन्धीत निकायहरुले जनताको विरोधलाई गम्भीर रुपमा नलिएको औल्याउँदै दोश्रो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन ।

त्यसको सुधार्नका लागि आफुहरुले दिएको र सत्ता पक्ष र प्रतिपक्ष राजनीतिक दलका युवा संगठन हरु दोस्रो चरण को आन्दोलन का कार्यक्रम सार्वजनिक गरेका छन ।

सार्वजनिक जग्गामा सरकारी निकायकै मिलेमतोमा दुरुपायोग भएको आरोप लगाउँदै शुरुदेखिनै विरोध जनाउँदै आएका विभिन्न राजनीतिक दल निकटका युवा तथा विद्यार्थीहरुले संयुक्त हस्ताक्षणर सहितको प्रेस विज्ञप्ती जारी गर्दै आज दोश्रो चरणको विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका हुन ।

नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य केशव साउँदले त्यहाँ लिजका नाममा व्यापारी, पत्रकार, नेता, लगाएतको संलग्नतामा सरकारी जमिन अतिक्रमण भएको भन्दै कारबाहीका लागि सर्वत्र आवाज उठे पनि सरोकारवाला निकायले कानमा तेल हालेर बसेको आरोप लगाए ।

नेता साउदले नगर विकास समितिको मिलेमतोमा भुमाफियाहरुले त्यहाँ राता रात घर निर्माण गरिरहेको बताएका छन ।

उक्त प्रकरणमा मुछिएकालाई कारबाही, अवैधानिक लिजको खारिज तथा बनाएका अवैधानिक घर भत्काउनुपर्ने माग आन्दोलन गर्दै आएका युवाहरुले उठाएका छन । उनीहरुले आफ्ना मागहरु पुरा नभएसम्म आन्दोलन नरोकिने बनाएका छन ।

दोश्रो चरणको आन्दोलनकाप्रति एक्यवद्धता जनाउँदै नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी, पूर्व माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, पूर्व ऐमाले निकट अनेरास्वबियू, कांग्रेस निकट नेविसङ्घ, जनमोर्चा निकट अखिल छैटौं, नयाँ शक्ति निकट नयाँ शक्ति विद्यार्थी युनियन लगायतका संघ संगठनहरुले उक्त प्रेस विज्ञप्तीमा हस्ताक्षर गरेका छन ।

उनीहरुले दोश्रो चरणको आन्दोलनलाई कडा संघर्षका रुपमा जनाएका छन । उनीहरुले धर्ना, जुलुस, बजा बन्ददेखि चक्काजामसम्मका आन्दोलनका कार्यक्रमहरु विज्ञप्ती मार्फत सार्वजनिक गरेका छन ।

हेर्नुहोस्, यस्ता छन्, आन्दोलनका कार्यक्रमहरु

१) पुस २८ गते भिमदत्त नगर बजार बन्द ।
२) माघ २ गते दुई घण्टा कञ्चनपुरमा सार्वजानिक यातायात बन्द ।
३) माघ ४ गते बिद्युत कार्यालयमा ध्यानाकर्षक पत्र बुझाउने ।
४) माघ ६ गते भिमदत्त नगरपालिकामा धर्ना दिने ।
५) माघ ८ गते महेन्द्रनगरको स्मरणमा खुला बहस गर्ने ।
६) माघ १० गते साँझ रॉके जुलुस गर्ने ।