गुणस्तरिय स्वास्थ्य सेवाका लागि मन्त्रालयद्धारा प्रस्तावित दरबन्दी संरचनामा संशोधन अनिर्वाय छः अध्यक्ष खड्का (भिडियोसहित)

‘तहगत संरचनामा शैक्षिक योग्यता र लोकसेवाको प्रकृया कार्यान्वय हुनुपर्छ’

(विगत केहिदिनदेखि काठमाडौंमा स्वास्थ्यमन्त्रालय केन्द्रीय आन्दोलनहरु दिनहुँ हुने गरेका छन । स्वास्थ्य क्षेत्रमा सम्बद्ध विभिन्न संघ, संगठनहरु गुणस्तरिय स्वास्थ्य सेवाको लागि भन्दै विरोधमा उत्रिएको भन्दै आएका छन । त्यही अवस्थामा हेल्थ असिस्टेन्ट संघ, नेपाल पनि देशभरबाट सयौंको सख्यामा वास्थ्यकर्मिहरुलाई राजधानीमा जम्मा गरेर सरकरले प्रस्ताव गरेको दरबन्दी संरचना सम्बन्धी विधेयकको विरोध गरिरहेका छन् । उनीहरुले प्रस्तावित विधेयकले लोकसेवाको प्रकृयाको अपमान गर्ने र शैक्षिक योग्यताक्रम पुगेकामाथि अन्याय गर्ने बताउँदै आएका छन । कहिले सिंहदरबार त कहिले माइतिघर मण्डलाम दिनभरी नारा जुलुश सहित उनीहरु आफ्ना मागहरु कार्यान्वयका लागि भन्दै जुटेका देखिन्छन । सरकारले आफ्नो माग पुरा नगरेमा सामूहकि राजिनामा दिनेसम्मको उनीहरुको तयारी रहेको छ । उनीहरुको माग, सरकारसँगको छलफल र आन्दोलनका अन्य पक्षहरुमा केन्दीत रहेर उक्त संगठनका केन्द्रीय अध्यक्ष दिपेन्द्र खड्कासँग हरपल नेपालले कुराकानी गरेको छ । कुराकानीको संम्पादीत अंश यहाँ प्रस्तुत गरिएको छ । हेर्नुहोला ।)

१) यो संघर्षमा उत्रिएको तपाईहरुको संगठनको बारेमा जानकारी गराउनुहोस न ?

-संगठनको स्थापना २०७० ११ १२ गते । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता छ । शुरुम स्वतन्त्र बहेल्थ असिस्टेन्ट संघ भनेर मूह बनाएका थियौं । हामीले यस संघलाई राजनीतिक प्रभाव भन्दा टाढा, विशुद्ध पेशागत रुपमा अघि बढाउँदै विशाल संगठन बनाउँने अभियानमा जुटेका छौं । शुरुमा सरकारी सेवामा हेल्थ असिटेनहरुलाई पाँचौं तहमा रोक लगाइएको थियो, त्यका लागि संगठनले कानुनी लडाइ समेत लड्यो । र यसरी स्थापना भएको संगठनम अहिले पाँचौं हजार सदयहरु संगठित भएका छन । पछिल्लो चरणमा हामी पेशागत मुद्धामा संघर्षम रहेका छौं ।

२) केहिदेनियता तपाईहरु आन्दोलनम हुनुहुन्छ, तपाईहरुका मुख्य मागहरु के के हुन ?

-अस्ति, २२ गते क्याबिनेटमा जुन खालको प्रस्ताव स्वासथ्य मन्त्रालयले सामान्य प्रशासन मन्त्रालय मार्फत दर्ता गरेको छ, त्यो प्रस्ताव शैक्षिक योग्यताको कदर नगर्ने पक्षमा छ, लोकसेवाको प्रकृयाको विरुद्धमा छ तसर्थ त्यसलाई सच्चाउनुपर्छ भन्ने हाम्रो मुख्य माग हो । त्यसकै लागि आन्दोलमा छौं ।

३) तपाईंहरुका अन्य मागहरु के के छन ?

-हाम्रो संगठनले अन्य धेरै मुद्धाहरु अघि सारेको छ । स्वास्थ्यकर्मिहरुको स्तर वृद्धीको विषय उठाएका छौं । २०७१ पुस २४ को पुरानो दरबन्दी संरचनाको कार्यान्यन गरिनुपर्ने, प्रकृया नपुगेका पाँचौं र छैठौं तहका साथीहरुको प्रकृया पुरा गरेर वा अन्य प्रकृयाबाट भएपनि पदथापना गरिनुपर्छ, स्वास्थ्य सेवालाई गुणस्तरियता बृद्धीमा ध्यान दिनुपर्छ भन्ने मुद्धाहरु हामीले उठाएका छौं ।

४) तपाईहरुले गर्ने विरोधले तहगत प्रकृयाबाट आउँनेहरुलाई समस्या हुन्छ होला नि ?

-हामी तहगत प्रकृयाको विरोधी होइनौं, समर्थक नै हौं । हामी संघियताको विरोधी पनि होइनौं । हाम्रा धेर भन्दा धेरै साथीहरुले अहिले समायोजनको फारम पनि भरिरहनुभएको छ । तर हामीलाई यो तहगत भनेको यस्तो लाग्छ कि शैक्षिक योग्यता भएकालाई तहगत, लोकसेवाको प्रकृया पुरा गरेकालाई तहगत मान्ने हो । तर जस्ले त्यो लोकसेवाको प्रकृया नै पुरा गरेको छैन, स्वाथ्य शैक्षिक योग्यता कायम गरेको छैन, स्वास्थ्य परिषद्मा दर्ता पनि गरेको छैन, त्यस्तो केही साथीहरुको समूहलाई हामीले कसरी तहगत मान्ने ? साथै तहगत प्रकृयाको अन्य पक्षमा हाम्रो संगठनको कुन विरोध योजना पनि छैन र गर्दा पनि नगर्दैनौं ।

५) सडकमा आन्दोलन गर्दै गर्दा सरकारसँग वार्ता, छलफलको प्रकृयामा किन नजानुभएको ? त्यतातिर सोच्नुभएको छेन ?

-आन्दोलनलाई मुख्य बनाएर हामीले षर्ता, छलफल पनि जारी राखेका छौं । एकदिन हाम्रो मन्त्रालय केन्द्रीत आन्दोलन थियो, त्यहाँ सामान्य छलफल हुँदै थियो। तर प्रहरी आएर अनावश्यकमा धरपकड गर्यो, साथीहरुलाई उत्तेजित बनाउने काम गरियो । अहिले हामीलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । हामी त्यसैले सडकमा आन्दोलन गरिरहेका छौं ।

यो बिचम आज (पुस २६ गते) स्वाथ्य राज्यमन्त्री डा सुरेन्द्र यादवसँग उहाँको पेप्सीकोला सिथत घरमै भेटघाट गरेका छौं, उहाँ हाम्रो मागमा सकारात्मक देखिनुभएको छ । त्यस्तै त्यो प्रस्ताव आज क्याबिनेटमा जान्छ कि भन्ने डसर थियो, त्यो स्थगित भएछ, त्यसमा खुशि छौं । त्यसतै हामीले राजनीतिक दलका नेतादेखि उच्च पदस्थ कर्मचारीलाई भेटेर आफ्नो मागको विषयमा कुरा गरेका छौं । आजमात्र (हिजो) उर्जामन्त्री बर्षमान पुनसँग भेट भएको छ, उहाँले स्वास्थ्य मन्त्रीसँग कुरा गर्ने आश्वसन दिनुभएको छ । त्यस्तै यो विषयमा भुमिसुधार मन्त्री पद्मा अर्याल, सञ्चारमन्त्री गोकुल बाँसकोटा, शिक्षामन्त्री गिरीराजमणी पोख्रेल लगायतसँग पनि हामीले मागहरुको विषयमा कुरा गरेका छौं ।

गृहमन्त्रालयमा आन्दोलनमा रहेका साथीहरुलाई धरपकडको स्थिति देखाउँदै त्रास फैलाएको र सिंहदरबार प्रवेशमा रोक लगाएको विषयम कुराकानी गरेका छौं । राज्यकै कर्मचारीहरुलाई आफ्नो घरभित्र, सिंहदरबारभित्र प्रवेशमा रोक लगाउँनेक काम भएको छ, यसको हामी विरोध गरिरहेका छौं । त्यसतै संदके राज्य व्यवस्था समितिमा पनि हामीले माननिय शसी श्रेष्ठलाई भेटेर कुरा गरेका छौं । यसरी हामीले माग परा गराउँनको लागि आन्दोलनका साथै वार्ताको माध्यम पनि अपनाएका छौं ।

६) तपाईहरुको मागलाई राज्यले कार्यान्वय गर्छ भन्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?

-राज्यले अहिले अलिकति दमन गरिरहेको थिति छ , यद्यपी राज्य सास्थ्य मन्त्रालय मात्रै होइन, राज्य अलिक ठूलो छ, सिंहदरबार बाहिर पनि छ । हामीले उठाएको विषय यदि क्याबिनेटमा, सदनमा नउठ्ने हो भने हामी आम जनताले पाउनुपर्ने गुणसतरिय स्वास्थ्य सेवामाथि राज्यको नीतिका विरुद्ध जनतासँग जान्छौं र त्यहाँबाट आन्दोन अझ सशक्त पाछौं । त्यसले अयोग्तको प्रकृयाको अन्त्य हुनेछ । जबर्जसत तहगतको नामम स्तरवृद्धी लाद्ने काम भयो भने आन्दोलन अझ अगाडि बढ्छ । तर पनि हामी विश्वस्त छौं, मन्त्रालयले हाम्रो कुार सुन्नेछ, आजमात्र (हिजो) सचिवज्यूले वार्ताको कुरा गर्नुभएको छ । सम्भवत भोलि वार्ता हुन्छ, त्यसले सकारात्मक मोड लिनेमा हामी आशावादी छौं ।

७) तपाईहरुले मूल रुपमा राखेको एक बुर्दे माग सम्बोधन भएमा आन्दोलनको कार्यक्रम फिर्ता हुनछ त ?

-त्यो एक बुदें माग पुरा हुदाँसाथ सबै आन्दोलनको प्रकृया रोकिन्छ भन्ने होइन । हामीले अन्य मगहरु पनि अघि सारेका छौं । नयाँ पठाउने संरचनामा हेल्थ असिस्टेननै स्वास्थ्य चौकिको प्रमुख हुनुपर्छ, शैशिक्ष्क योग्यता भएको, लोकसेवाको प्रकृया पुरा गरेको मानिसनै त्यसको प्रमुख हुनुपर्छ भन्ने मागहरु कार्यान्वयन नहुँदासम्म आन्दोलन जारी हुन्छ ।

८) तपाईहरु दपेशभरबाट काम छोडेर आन्दोलनम आउँनुभएको छ, यसले सेवाग्राही (विरामी) पर्ने असुविधाबारे केही सोच्नु भएन ?

-त्यो विषयमा हामी गम्भीर छौं । हिजो पोलियो खोपको राष्ट्रिय कार्यक्रम चल्दै गर्दा केही साथीहरुले अवरोध गरेपनि हाम्रो संगठनका सयौं साथीहरु ावस्थ्य चौकिमा बसेर जनतालाई सेवा दिइरहेको स्थिति थियो । दशबर्षे जनयुद्धमा समेत हाम्रा साथीहरुले विशेष स्वास्थ्य सेवा दिदैँ आएका थिए । यो आन्देलनम हाम्रा सबै साथीहरु उपसिथत भएका छैनन, यहाँ प्रतिनिधि ढंगले साथीहरु आउनुभएको छ । फेरी कतिपय साथीहरु बिदामा, केही तालिमको अवसरमा सवास्थ्य केन्द्रमा सेवामा असुविधा नहुने गरी कामको जिम्मेवारी मिलाएर, यहाँ उपस्थित हुनुभएको छ । धेरै साथीहरु अहिले पनि काममै खटिनु भएको छ । यसले हाम्रो आन्दोलनका कारण विरामीको सुविधामा समस्या आएको छैन । हामी पेशागत जिम्मेवारीमा प्रतिबद्ध छौं ।

९)यतिबेला विभ्रिन्न स्वास्थ्य संघ संघगठनहरुका साथै डा. गोविन्द केसी पनि गुणसतरिय स्वासथ्य सेवाको लागि आन्दोलनमा हुनुहुन्छ । तपाईहरुको त्यसमा सहमति कहाँ देख्नुहुन्छ?

-स्वास्थ्य क्षेत्रको सुधारको सबै आन्दोलनमा हाम्रो सहमति नै छ । तर डा. ुगोविन्द केसीले चिकित्सक बाहेक अरु समूहहरुलाई सवासथ्यकर्मि नदेख्ने जुन आन्दोलनका मागहरु अघि सार्नुभएको छ, तयसमा हाम्रो असमर्थन छ । उहाँले नर्स, हेल्थ असिस्टेन्ट, अनमि, ल्याव टेक्नेसियन, फार्मेसि लगायत धेरै समूहलाई छुटाउनु भएको छ । तसर्थ हामीलाई त्यसमा समर्थन गर्नुपर्छ जस्तो लाग्दैन ।

१०) हामी देशव्यापी छौं भन्नु भयो, तपाईहरुको संगठनको अवस्था के छ ?

-अहिले देशभर १२ हजार सात सय जना हाम्रो संगठनमा आबद्ध हेल्थ असिस्टेन्ट साथीहरु हुनुहुन्छ । त्यस्तै सरकारी सेवामा पाँचहजार र त्यो भन्दा बाहिर पाँच हजार बढि साथीहरु हुनुहुन्छ । हाम्रो ७७ वटै जिल्लामा संगठन छ, जिलला प्रशासन कार्यालयमा संगठन दर्र्ता भएका छन । साथीहरु यसलाई साझा र विशाल संगठन निर्मणको अभियानमा जुट्नु भएको छ ।

११) तपाईहको संगठनमा आवद्ध हजारौं हेल्थ असिटेन्टहरुले आज माग पुर नभएमा सामूहकि रुपमा राजिनामा दिने भनेका छन नि ?

-हो । यसमा करिब १५ सय जनाबढिले सामूहिक राजिमानामाको लागि हस्ताक्षर तयार गर्नुभएको छ । भोलि (आज) हामीलाई वार्तामा बोला्रइएको छ, यदि वार्ताले सकारात्मक रुप नलिने हो भने, ु्का् जनतालई गुणस्तरिय स्वास्थ्य सेवा दिन तयार नहुने हो भने, प्रकृयाको विरुद्धमा जाने हो भने साथिहरु सामूहि रुपमा राजिनामा गर्न तयार हुनेछन र प्रशासनमा लगाइएको प्रहरी दमनको सीमा मिच्न पनि तयार हुनेछन ।

१२) यसरी हजारौंले सेवाबाट राजिनामा गर्ने निर्णले कतै जिम्मेवारीबोध नभएको देखिएन र?

-यो विषयमा हामीले केन्द्रीय समितिमा सल्लाह गरेरै निर्णय गरेका छौं । यदि हामीले उठाएको विषय गलत भएको भए यहाँ भएका सबै सचेत साथीहरुले त्यसको तयारी गर्ने थिएनन्, यदि हामीले स्वास्थ्य सेवाको विषयमा चिन्ता नगरेको यो त्याग किन गर्थे साथहरु ? हामी गुणतरिय स्वास्थ्य सेवाको पक्षमा छैं । यसले जिम्मेवारीबोध भएकै कारणले त्यो तहको आन्दोलनमा हामी उत्रिएका हौं ।

१३) यदि भोलि (आज) हुने भनिएको सरकारसँगको सँम्बादमा तपाईहरुका माग पुरा नहुने देखिएमा कस्ता कार्यक्रमहरु अघि बढाउँनु हुन्छ ?

-हामीले उठाएका विषयहरु खासै ठूलो विषय होइनन्, हामीले विश्वास गरेका छौं, भोलि (आज) स्वास्थ्य मन्त्रालयले हामीलाई वार्तामा बोलाउँने छ । हाम्रा मागमा सहमत हुनेछ र गुणस्तरिय स्वास्थ्य सेवाको लागि प्रस्तावित दरबन्दि संरचनामा संशोधन गरेर काम गर्ने सहज वातावरण बनाउँने छ । गुणस्तरिय स्वास्थ्य सेवामाथि आज आम नगरिकले कुरा उठाएका बेला सरकारले सकारात्म भूमिका खेलोस् । त्यसो नभए त आन्दोलन जारी रहन्छ ।

१४) भोलिको (आज) कार्यक्रम के छ ?

हामी वार्ताको तयारीका साथै आन्दोलनका कार्यक्रम पनि जारी राख्छौं । भोली पनि विहानदेखि माइतिघर मण्डलामा साथीहरुको प्रदर्शन हुन्छ । प्लेकाड प्रदर्शनब, साँङ्ले घेरा, पत्रकार सम्मेलन, सरकारको गतल प्रस्तवबारे विरोध गर्ने लगायतका कार्यक्रम हुन्छन ।

१५) तपाईहरु यहि प्रदर्शनसम्मको विरोध कार्यक्रम गर्ने हो वा त्यो भन्दा अडगाडिका बन्द, हड्तालसम्मको निर्णयमा हुनुहुन्छ ?

-साथीहरु राज्यको कारण आक्रोशित बन्दै जानुभएको छ । यद्यपी हामीले आन्दोलनलाई अनुशासित बनाउँदै आएका छौं । हामीले सरकारी कर्मचारीले गर्न सक्के अवस्थाको विरोधसम्म मात्र गरिरहेका छौ तर हाम्रो धैर्यतामाथि प्रहार गर्ने, प्रहरी दमन गर्ने, सिंहदरबार प्रवेशमा रोक लगाउँने काम भैरहेमा यो विदोह जनतासँग जोडिने छ, गुणतरिय सेवाको पक्षमा यसको प्रतिकारमा जनता समेत सडकमा आउँने छन ।

१६) अन्त्यमा राज्यलाई केही भन्नु छ ?

-हामीले आन्दोलन गर्दै गर्दा पक्कै पनि कतै न कतै स्वास्थ्य सेवामा अबरुद्ध भएकै छ । तसर्थ सरकराले कर्मचारीके मनोबल गिरसाउँने भन्दा उर्जा दिने काम गरोस । र यो विवादलाई भविुष्यमा पनि नआउँन दिने गरी समाधान गरोस । हामी काममा फर्कन तयार छौं । तर हामीले उठाएको आवा आम जनताको पक्षमा भएकाले यसमा सरकारले सुधार गर्नै पर्छ, यसमा ढिलाई नगर्न सरकारलाई आग्रह गर्न चाहन्छु ।