राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भौतिक निर्माणको काम तिब्र गतिमा

बर्दिया, दांग, रुपन्देही र कपिलबस्तुमा पनि प्रतियोगिता हुने

बाँके । नेपालगञ्जमा तय गरिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भौतिक निर्माणको कामलाई तिब्रता दिइएको सम्वन्धीत पक्षहरुले जनाएका छन ।

नेपालमा हरेक २ बर्षमा गर्ने गरीएको खेलकुद प्रतियोगिता यस पटक भने बाँकेको नेपालगञ्जमा हुन लागेको हो ।

‘आठौं खेलकुद हाम्रो प्रदेशमा,पसिना र पौरख आफनै देशमा’ भन्ने मुल नारा सहित प्रतियोगिताको तयारीमा खेलकुद समिति जुटिरहेको छ ।

उक्त प्रतिनियोगिता गत मंसिरमा नेपालगञ्जमा हुने बताइए पनि विभिध तयारी नपुगेको भन्दै पछाडि सारिएको थियो ।

प्रतियोगिताको मिति अझै निश्चित जगरिएको भएपनि आगामी फागुनको अन्तिम साताबाट सुरु गरि चैत्रको पहिलो हप्तामा समाप्त गर्ने तयारीमा अयोजक रहेको देखिन्छ ।

२ बर्ष अगाढी भएको सातौं राष्ट्रिय खेलकुद प्रतियागिताबाट आठैं प्रतियोगिता नेपालगञ्जमा गर्ने निर्णय गरेको थियो । त्यहि अनुसार बाँके रंगशालामा आवश्यक भौति संरचनाको पुर्न निर्माणको काम अघि बढिरहेको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यस अघि नै ३५ वटा खेल सहभागी हुने बताइएको छ । त्यसैगरी केही खेलहरु नेपालगञ्जमै गराउने भएपनि अरु खेलहरु भने बाहिर अर्को जिल्लामा सम्पन्न गर्ने तयारी आयोजकले गरिरहेको छ ।

यस अघि राष्ट्रिय खेलकुद परिषदले नेपालगञ्जमा पत्रकार सम्मेलन गरि बर्दियामा ४, दाङमा ७ र अन्य सबै खेलहरु नेपालगञ्जको बिभिन्न ठाउंमा आयोजना गर्ने जानकारी गराएको थियो ।

नेपालगञ्जका बिभिन्न खजुरा, कोहलपुर लगाएतका स्थानमा समेत गरी करीब १७ वटा खेल बांके जिल्लामा गराईने भएको छ ।

अन्य खेल प्रदेश नम्बर ५ मा पर्ने बर्दिया, दांग, रुपन्देही र कपिलबस्तुमा गर्ने तयारी भैरहेको बताइएको छ ।

आठौं राष्ट्रिय खेलकुदकालागी सरकारले आवश्यक कामहरु गर्न यसै आर्थिक बर्षमा करीब १ अर्ब ५ करोड रुपैया बजेट बिनियोजन गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब बहादुर बिष्टका अनुसार खेल मैदानमा पानी परेको केही समयमा नै सोस्ने प्याराफिट, आधुनिक किसिमका कुर्सि तथा रुफ कबर जडान लगाएतको काम भैरहेको छ ।