आज माघे संक्रान्तिः विभिन्न समुदायमा पर्व मनाईदैँ, घ्यु चाकु खाने दिन

मिठो खाने भलो चिताउने पर्व

काठाडौं । आज माघे संक्रान्ति अर्थात विभिन्न जातिय समुदायहरुमा मिठो खाने र सबैको भलो चिताउँने पर्वको दिन ।

हिमालदेखि मधेस तराईका नेपाली समाजका विभिन्न समुदायहरुको बिचमा यो पर्वलाई भिन भिन्नै रुपा मनाउँने प्रचलन गरेको छ ।

विभिन्न रुपमा मनाइने भएपनि सबैले घरमा मिठो परिकर पकाएर, सबैबीच माया, प्रेम र आत्मियता ढाउादै यो पर्व मनाउँने गर्दछ । आजको दिनदेखि जाँडो कम हुने विश्वास समेत गरिन्छ ।

मधेशमा मैथिल र थारुसमुदायहरुले आज बडो सद्भावका साथ यो चाड मनाउने गर्दछन् । थारु समूदायमा आजको दिन येले दुगंका रुपमा लगभग नयाँ वर्षका रुपमा मनाईन्छ ।

थारु समुदायमा पौष महिनाको अन्तिम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनि रहेको छ, यसरी काटिएको सुँगुरको मासु सामुदायिक रुपमा धमार गीत गाँउदै रमाईलो गर्दे भोज खाने अनि जाग्राम बस्ने चलन छ ।

आजकै दिन किराँत वंशले काठमाण्डौ उपत्यकामा आक्रमण गरि विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रुपमा किराँत संवत शुरुभएको मानिन्छ ।

नेवार समूदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । उनीहरुले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् ।

माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्वका रुपमा मान्यता दिइएको छ । मगर समुदायमा आज तारो हान्ने खेल अत्याधिक प्रचलनमा छ ।

यस पर्वमा मगरहरुले धुमधामका साथ चेलीबेटी र पितृहरुको तीन दिनसम्म पूजा गर्दछन् । वन तरुल बिना मगरहरुको सङ्क्रान्ति अधुरो हुने भएकाले उनीहरु सङ्क्रान्ति अघि नै जंगलबाट वन तरुल खनेर ल्याउने र सङ्क्रान्तिको अघिल्लो रात वन तरुल पकाउँछन् ।

घरका पुरुषहरुले धनुषकाँडले तारो हान्दै पर्वमा रौनकता थप्छन् । उनीहरुले काठको फ्ल्याकमा अंगारले गोलो चिन्ह लगाई निसाना लगाउँदै तारो हान्छन् । तारोको निसाना लगाउने व्यक्तिलाई सम्मानका साथ तितेपाती लगाएर काँधमा बोकेर गाउँ घुमाइन्छ र खान दिइन्छ ।

आज माघे सक्रन्ती अर्थात माघ महिनाको पहिलो दिन हो । माघ मध्य हिँउदको एउटा महत्वपूर्ण महिना हो ।

आजका दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या माघीका रुपमा आ आफ्नै विशेषता र सांस्कृतीक महत्वका साथै मनाईने गरिन्छ ।

सनातन संस्कारमा तिलको विशेष महत्व छ, चाहे होमजाप गर्नलाई चरुको रुपमा होस् या पूजा गर्दा अनि दान गर्दा होस् या कुनै पितृकर्म अनि शुभकार्य, तिल अपरिहार्य छ ।

आजको दिन तिलको पकवानकालागि प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाईएका लड्डुहरु आजको विशेष परिकार हो, त्यसैकारणले पनि माघे सक्रान्तीलाई तिलुवा सक्रान्ती पनि भनिन्छ ।

अर्कोतर्फ नर्थ पोल र साउथ पोल अर्थात उत्तरी र दक्षिणी ध्रुवकाको अवस्थितीका आधारमा पनि आजको दिनको विशेष अर्थ रहेको वैज्ञानीक तर्क छ । आजवाट सूर्यको दिशा उत्तरतर्फ बढ्ने भएकाले जोडो कम हुँदै जाने विश्वासमा यसलाई उत्सवका रुपमा मनाउने गरीन्छ ।

सूर्यको अवस्थितिका कारण पृथ्वीमा असर पर्ने र आजवाट हिँउद घट्दै जाने र बसन्तका साथै ग्रिष्म वढ्दै जाने मान्यता छ ।

के के खाइन्छ आज ? धार्मिक् विश्वास यस्तो छ

तरुल, सख्खरखण्ड, पिडालु उसिनेर घरमा बिहे भएक दिदी बहिनी र आफन्तहरुलाई बोलाएर खान दिने प्रचरन रहेको छ ।

अनि खिचडी (जाउलो) दही पापड घिउम्, अचार, तिलमा बनेका गुलिया मिठाईहरु र माछा मासु प्राय खाने गरिन्छ ।

विहान सबेरै नुहाईधुवाई गरेर, चोखो कपडा लगाई, व्राह्मणलाई दान दक्षिणा दिइनुको साथै रुद्री या सत्यनारायण भगवानको पूजा लगाउने कार्य समेत हाम्रो माजमा चल्दै आएको छ ।

त्यसका साथै आजका दिन तेलमा बनेका पोषिला खानेकुरा खानाले न्यानो हुने र साथसाथै अन्य चर्मरोग र जोर्नीका समस्या आदीबाट समेत राहत मिल्ने स्वास्थ्यकर्मिहरुको भनाइ छ।

धार्मीक र पौराणीक मान्यताका अनुसार महाभारतमा भिष्म पितामहलाई ईच्छा मृत्युको वरदान भएपछि रणभुमीमा अर्जुनका धनुष वाणहरुले शरिरमा सर्वत्र छेडेका भिष्म पितामहले आजकै दिन मृत्युको ईच्छा जाहेर गरेर विदा भएको विश्वासमा यो पर्व मनाउन गरिन्छ ।

आजको दिन विभिन्न घाटहरु, नदिहरु अनि पवित्रस्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड रहन्छ ।

नवलपरासीको देवघाट, सुनसरिको चतरा, कालीगण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाण्डौ शङ्खमूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरुको घुँईचो लागेको छ ।

यसरी माघी नुहाईसकेपछी बालेर आगो ताप्ने चलन पनि छ । यसरी माघी नुहाएमा पापमोचन हुने जनविश्वास छ ।

यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने भविष्यपूराणमा उल्लेख गरिएको छ ।

आज काठमाण्डौ उपत्यका नजिकैको पनौतिमा एतिहासिक मकर मेला लाग्दछ, लिच्छवी राजा मानदेवका पालादेखि यो मेला शुरुभएको हो ।