उद्योग वाणिज्य संघका पदाधिकारीहरुलाई सम्मान

पेशागत हितका लागि एक जुट हुन आग्रह

कैलाली । उद्योग वाणिज्य संघ कैलालीका नव निर्बाचित पदाधिकारीहरुलाई एक कार्यक्रमबीच बौनियामा स्वागत तथा सम्मान गरिएको छ ।

मंगलबार बौनिया बजार ब्यवस्थापन समितिद्धारा आयोजित कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका पदाधिकारीहरुलाई उक्त सम्मान गरिएको हो ।

बौनिया बजारको पिपलचौतारामा आयोजित उक्त सम्मान कार्यक्रममा बोल्दै नव निर्बाचित अध्यक्ष पुस्प राज कुँवरले ब्यवसायीका हक, हित र अधिकारको लागि आफु सधैंब जुट्ने प्रतिबद्धता जाहेर गरे ।

एक्लैले केहि गर्न नसकिने बताउँदै कुँवरले व्यावसायीक हितको काममा सम्पुर्ण व्यापारीहरुको साथ, सहयोग आवश्यक पर्ने बताए ।

उनले व्यापारीहरुका समस्या बुझेर त्यसका लागि आफुले पहल गर्ने विश्वास व्यक्त गरें ।

कार्यक्रमको अन्त्यमा बौनियाका ब्यापारीहरुलाई धन्यवाद दिदै व्यापारीक हितका लागि महासंघले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने र त्यसमा सबैलाई साथ दिन समेत अपिल गरें।