सरकारी जमिनको दलालीकरण विरुद्ध दुई घण्टा सडक बन्दः निरन्तर संर्घषका कार्यक्रम तय

नेता साउँदको चेतावनीः ‘आफै संरचना भत्काउँन बाध्य नपारियोस्’

कञ्चनपुर । महेन्द्रनगर नगर विकास समितिको जमिनमा जथाभावी निर्माण भएको भौतिक संरचना भत्काउनुपर्ने माग राख्दै विद्यार्थी र युवाहरूले चरणबद्ध रुअघि बढाउँदै आएको आन्दोलनका कार्यक्रम अन्तर्गत आज यहाँ दुई घण्टा सडक बन्द ुगरिएको छ ।

जनअधिकारको लागि संघर्षरत नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल क्रान्तिकारी, पूर्व माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारी, पूर्व एमाले निकटको अखिल, मसाल निकटको अखिल छैंटौं, कांग्रेस निकटको नेविसंघ लगायतका विभिन्न दल निकटका विद्यार्थी तथा युवाहरुको संयुक्त आयोजनामा त्यहाँ आन्दान भएको हो ।

गत पुस महिनामा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजार क्षेत्रमा रहेको नगर विकासको जमिनमा अवैध रूपमा भइरहेको निर्माण कार्य तत्काल रोकी एक महिनाभित्र निर्माण सामग्री हटाउनुका साथै भौतिक संरचना भत्काउन आदेश गरेको थियो ।

स्थानीय प्रशासनको आदेशलाई स्वागत गर्दै विद्यार्थीहरूले अवैध संरचना भत्काईनुका साथै अवैध रूपमा जमिन वितरण गर्ने समितिका पदाधिकारीहरूलाई समेत कारबाही हुनुपर्ने माग गरेका छन ।

विद्यार्थीहरूले अहिले निर्माण भएका मात्रै नभई नगर विकास स्थापनादेखि विभिन्न समयमा अवैध रूपमा वितरण भएका सबै लिज खारेज हुनुपर्ने माग गरेका छन । उनिहरुले नगर विकास र भीमदत्त नगरपालिकाले भाँडामा दिएको सटरको पनि भाँडा समायोजन हुनुपर्ने अघि सारेका छन ।

विद्यार्थी र युवा संगठनका नेताहरूले अबैधरुपमा बनेका संरचना खारेज गरिनुपर्ने मागसहित पहिलो चरणको आन्दोलनपछि गत पुस २६ गत पुनः दास्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका थिए ।

जसअन्र्तगत विद्यार्थी तथा युवा संगठनका नेताहरुले आज २ घण्टा कञ्चनपुरमा यातायात ठप्प पारेको जनाएका छन् । जस अन्र्तगत आज बिहान ९ बजेदेखि ११ बजेसम्म यातायात ठप्प पारेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य केशव साउदले बताएका छन ।

त्यस्तै दास्रो चरणको आन्दोलन मध्ये माघ ४ गते बिद्युत कार्यालयमा ध्यानाकर्षण पत्र पठाउने, माघ ६ गते बिहान १२ बजे देखि मध्यान्न १२ बजेसम्म २ घण्टे धर्ना कार्यक्रम, माघ ८ गते महेन्द्र स्मारकमा खुला बहस तथा माघ १० गते बेलुकि ५ बजे राँके जुलुश निकाल्ने कार्र्यक्रम तय गरिएको समेत विद्यार्थी नेता साउदले बताए ।

उनले अबैध रुपमा निर्माण गरिएका संरचनाहरु नभत्काईञ्जेल आफुहरुको आन्दोलन जारीरहने बताउदै आन्दोनमा सहभागि हुन सम्पुर्णमा आह्वाहन समेत गरेका छन् । त्यस्तै उनले दोस्रो चरणको आन्दोलनले सरकारले कुनै निर्णय नदिने बताउँदै संघर्षका माध्यमबाटै अबैध रुपमा निर्माण गरिएका संरचना हटाइने बताए ।

उनले राज्यलाई चेतावनी दिदै भने–‘यदि राज्यले हाम्रो न्यायीक आन्दोलनका मागहरुमा ब्यवस्ता गर्छ भने, यदि आन्दोलन दमन गर्न खोज्छ भने हामी बाध्य भएर त्यो संरचना आफै भत्काउँने निष्कर्षमा पुग्ने छौं । यसमा राज्यले जिम्मेवार भएर सोच्नु पर्छ ’