समाज प्रविधिमैत्री दिशामा बढ्दै गर्दा टुटल र पठाओ एप मार्फत गरिने काममा सरकारको नियन्त्रण किन ?

यातायात व्यवस्था ऐनका कारण सर्यौको रोजगार धरापमा

काठमाडौं । टुटल र पठाओजस्ता मोबाइल एप प्रयोग गरेर दुईपाङ्ग्रे सवारीसाधन मार्फत भाँडामा यात्रु बोक्ने काम गर्दै आएका मानिसहरु यातायात व्यवस्था ऐन लगाउँदै ट्राफिक प्रहरीले कडाई गरेका कारण अहिले समस्यामा परेका छन ।

मोबाइल एप प्रयोग गरेर स्कूटर, मोटरसाईकल जस्ता दुई पाङ्ग्रे साधनमा भाँडामा यात्रु बोक्ने काममा लागेका मानिसहरुको भने ट्राफिक प्रहरीको कडाईले रोजगारी खोसिने संकेत देखिएको छ ।

यातायात व्यवस्था ऐन २०४९ अन्तरर्गतको निजि सवारी साधनको प्रयोगबारे नियममा टेकेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले शनिवार कडाई गरेपछि निजि साधनमा सवारी बोक्ने काम गर्दै आएका सयौं मानिसहरु समस्यामा परेका हुन् ।

नेपालको यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका निजी सवारी साधनले उपदफा २ बमोजिम भाँडाको यातायातका लागि प्रयोग गर्न नपाइने भन्ने व्यवस्था गरेको कारण ट्राफिक प्रहरीले शनिवार त्यसमा कडाईका साथ नियन्त्रणको प्रयास गरेको थियो ।

तर पछिल्लो समयमा मानिसहरु बढि प्रविधिमैत्री बन्दै गएको अवस्था भने विभिन्न कम्पनीहरुले अनलाईन माध्यमबाट सेवामूलक व्यवसायहरु सञ्चालन गर्दै आएका छन ।

नेपालमा त्यसको पछिल्लो प्रयोग टुटल र पठाओजस्ता मोबाइल एप प्रयोग गरेर दुई पाङ्ग्रे सवारीका साधनहरु भाँडामा चलाउँने व्यवसाय पनि हो ।

टुटल नामक मोबाइल एप्लिकेशनमा आधारित सेवा सन २०१६ डिसेम्बरमा सुरु भएको थियो । त्यसले मोटरसाइकलमा यात्रुलाई छिटो, सहज र सस्तो सुबिधामा गन्तब्यसम्म पुर्याउने सेवा प्रदान गर्दै आएको देखिन्छ ।

सरकारले अनलाईन माध्यमबाट सञ्चालित व्यवसायहरुलाई नियन्त्रण वा निषेध के गर्न खोजेको हो त्यो भने प्रष्ट नभएको कतिपय मानिसहरु बताउाने गर्दछन ।

प्रविधिमैत्रि बन्दै आएका युवा पुस्ताका मानिसहरु भने त्यस्ता एपहरुको प्रयोगबाट धेरैले रोजगार पाएको र समस्यामा परेको बेला यात्रुलाई सहज समेत बनाएको भन्दै व्यवस्थित रुपमा सञ्चालन गर्ने वातावरण बनाउँनुपर्ने बताउँदै आएका छन ।

ट्राफिक प्रहरीले शनिबार त्यस्तो नियममा कडाई गरेपछि विभिन्न सामाजिक सञ्जालहरु मार्फत धेरैले त्यसको विरोध समेत गर्दै आएका छन ।

उनीहरुले टुटल र पठाओजस्ता मोबाइल एप प्रयोग मार्फत जिविका चलाउँदै आएका मानिसको रोजगार धरापमा नपार्न र त्यसलाई व्यवथित रुपमा सञचालन गराउँन आग्रह समेत गरेका छन ।

कतिपयले सरकारले उपत्यककाभित्र सार्वजनिक यातायातका साधन थप्न र व्यवस्थित सञ्चालन गर्न नसक्दा नगरभिभभत्र कोचाकोच भएर यात्रा गर्न बाँध्य हुनुपरेको भन्दै समयमै पुग्नुपर्ने कामको बेला त्यस्ता एपको माध्यमबाट मानिसलाई सहज हुने भएकाले सञ्चालनमा ल्याउनु पर्ने बताएका छन ।

साँझ सात बजेपछि सार्वजनिक यातायातका सवारी साधनहरु कम चल्ने र ट्याक्सिहरुमा पनि भाँडा महंगो हुने भएकाले दुई पाङ्ग्रे साधनमा भाँडा तिरेर चढ्दा सहुलियत हुने कतिपयको भनाई सामाजिक सञ्जाल मार्फत व्यक्त भएको पाइन्छ ।

टुटल र पठाओजस्ता मोबाइल एप प्रयोगबाट हुने भाँडाका साधनको उपयोग विकल्प सवारी साधनका रुपमा लिनुपर्ने त्यो व्यवसायमा लागेकाहरु बताउँने गर्दछन ।

प्राय जसो युवा र साक्षरहरूले नै टुटल र पठाओजस्ता एपको प्रयोग गर्ने भएको हुनाले त्यसलाई समयको मागका रुपमा लिनुपर्ने धारणा समेत आउँने गरेको छ ।

उक्त सेवा मध्यस्थता गर्ने कम्पनीले जीपीएस प्रविधिको प्रयोगबाट मोटरसाइकलको स्थान पत्ता लगाउन सक्ने, सेवा लिने र दिने दुवैको व्यक्तिगत विवरण एपमा सुरक्षित हुने र कम्पनीले आवधिक रूपमा टेलिफोन गर्दै जानकारी सङ्कलन गर्ने हुँदा सुरक्षामा समस्या नहुने तर्क कतिपय प्रयोकर्ताहरुले गर्ने गरेका छन ।

सरकारलाई सिर्जनशील र प्रविधिमैत्री सेवा अनुकूल हुनेगरी कानुन बनाएर नियमन गर्नुपर्ने सुझाव समेत आउँने गरेका छन । तर यो विषयमा सरकारले भने थप कुरा सार्वजनिक गरेको छैन ।

शनिवार ट्राफिक प्रहरीले गरेको कडाईपछि त्यसको व्यापक विरोधका कारण बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई पहिले झैँ निर्बाध रूपमा चल्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि तत्कालका लागि उक्त समस्या हटेको भएपनि दिगो समाधानका लागि भने त्यसलाई कानुनी रुपमा समेटेर व्यवस्थित गर्नुपर्ने देखिन्छ ।

त्यसका लागि सरकारले सरोकारवालाहरुसँग सुझाव लिर्दै कानुनी व्यवस्थामा जानु आवश्यक देखिन्छ ।