स्थानीय तहले कुष्ठरोगीहरुकालागि बजेट छुट्टाउदै

नेपालगन्ज । बाँकेका स्थानीय तहले कुष्ठरोगीका लागि कार्यक्रम तथा बजेट छ्ट्याउने भएका छन् ।

६६ औं बिश्व कुष्ठरोग दिवसको अवसरमा आज नेपालगञ्जमा आयोजित पत्रकार तथा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा रोग नियन्त्रण हुन नसकेकोमा जोड दिइएका थिए ।

प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा आईएनएफले आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकी उपमेयर उमा थापा मगरले आउने प्रक्रियामा यसका लागि बजेट तथा कार्यक्रम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

्उपमेयर थापा मगरले स्थानीय तहले कुनै एक बिषयमा कार्य गर्नुपर्ने मात्र नभएर धेरै बिषय तथा क्षेत्र समेट्नुपर्ने भएको हुँदा कुष्ठरोग नियन्त्रणकालागि हुन सक्ने कार्यक्रम तथा बजेट बिनियोजन गर्ने बताउनुभयो ।

त्यस्तै जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले यो रोगबारे सर्वसाधारणमा जानकारी हुन नसकेकोले समस्या रहेको बताउनुभयो ।

आई एनएफ कलस्टर पबन्धक निर्मला बिएमले सरोकारवालामाझ कुष्ठरोग तथा चुनौतीको अवस्था प्रस्तुत गर्नु भयो ।

सो प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४/२०७५ मा कुष्ठरोगीको संख्यामा कमि आएको देखिएको भएपनि गत आर्थिक वर्ष २०७३/२०७४ मा बाँकेमा २ सय ७० जना बिरामीको संख्या रहेकोमा यो यस वर्ष १७३ जना बिरामी रहेको बि.एमले बताइन

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख प्रेम केसीका अनुसार कुष्ठरोगी बढि हुने बाँके पहिलो जिल्ला रहेको समाचार दतासंगको कुराकानीको क्रममा बताउनु भयो ।