कांग्रेसप्रति गुरुङको आक्रोशः अरुबाट परिचालित भएर व्यवस्था ध्वस्त पार्न खोजेको आरोप

माग सम्बोधन नभएसम्म बैठक चल्न नदिने कांग्रेसको अडान

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पटक पटक संसद अवरुद्ध गरेर संसदीय व्यवस्था ध्वस्त पार्न खोजेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देव गुरुङले गम्भीर आरोप लगाएका छन ।

आज प्रतिनिधि सभाको बैठकमा विरोध भएपछि पत्रकारहरुसँग त्यसबारे छोटो प्रकतिकृया दिदैँ उनले त्यस्तो आरोप लगाएका हुन । उनले नेपाली कांग्रेसलाई कुनै शक्तिले चलाएको समेत अनुमान गरे ।

लोकतान्त्रीक विधि र पद्धतीको अनुसरण गर्ने कांग्रेसले व्यवस्थालाई धरापमा पार्ने गरी काम, कारबाही रोकेर गर्न खोजेको के, उनले प्रश्न गरे ? उनले कांग्रेसको गतिबिधिले उ कतैबाट परिचालित भएको आफुलाई आसंका लागेको समेत बताए ।

उनले भने,‘कांग्रेसलाई कसैले उक्साएको जस्तो छ, व्यवस्था नै कोल्याप्स बनाउन कांग्रेस अरुले बोकाएको एजेण्डामा फस्यो ।’

आजको प्रतिनिधि सभा बैठकमा समेत कांग्रेसले विरोध गरेको थियो । कांग्रेसका नेताहरुले कुनैपनि हालतमा आफुले उठाएका मागहरुको सम्बोधन हुनुपर्ने बताउँदै आएका छन ।

कांग्रेसले डा. केसीले उठाएका मागहरुको समर्थन गर्दै त्यसको कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने आफ्नो अडान अघि सार्दै आएको छ । प्रतिनिधि सभा बैठक कांग्रेसको अवरोधका कारण पटक पटक अवरुद्ध हुँदै आएको छ ।