सोनाम ल्होछारको अवसरमा टुँडिखेलमा भव्य कार्यक्रम: प्रधानमन्त्रीले सम्बोधन गर्ने

तामाङ समुदायको भाषा संस्कृतिको विकासमा जोड

काठमाडौं । तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाईने पर्व सोनाम ल्होछार आज काठमाडौं उपत्यकाका साथै मकवानपुर, धादिङ, धनकुटा लगायतका क्षेत्रमा विविध कार्यक्रमको आयोजना गरी मनाइदैँछ ।

आयोजकका अनुसार सोनाम ल्होछारको अवसरमा आज टुँडिखेलमा भव्य कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रमलाई दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ ।

ल्होसारको अवसरमा आफ्नो समुदायको चाल चलन, संकृति र भाषा तथा पहिरन झल्कीने विविध प्रस्तुतिहरु सहितको साँस्कतिक कार्यक्रमहरु समेत आयोजना गर्ने गरिन्छ ।

त्यस्तै मकवानपुरको हेटौंडामा हिजोदेखि महोत्सव नै लागेको बताइएको छ । प्रदेश नम्बर तीन सरकारले प्रदेश भरी पर्वको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।

परम्परा अनुसार सोनम ल्होछार प्रत्येक वर्ष माघ शुक्ल प्रदिपदादेखि सुरु गर्ने गरिन्छ । यसमा ल्होको अर्थ नयाँ र छारको वर्ष हुने बताइन्छ ।

मञ्जुश्री पात्रोअनुसार मंगलबारदेखि कुकुर वर्ष पूरा भएर सुंगुर वर्ष लागेको र पुरानो बर्ष २८५४ पिकएर नयाँ बर्ष २८५५ शुरु भएको छ ।

तामा परम्परा अनुसार ल्होछारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिन्छ, जस्मा मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको हुन्छ ।

त्यसमध्ये अहिले कुकुर बर्ष पुरा भएर संगुर बर्षमा लागेको उनीहरुको विश्वास रहेको छ । ल्होसारमा तामाङ जातिले विशेष प्रकारको खाना मिठो खाना खानेर राम्रो लुगा लगाएर रमाउँने गर्दछन ।