हेर्नुहोस्, अपहरण घटनामा संलग्न गुप्तालाई पक्राउ गर्न प्रहरी यसरी सफल भयो

घटनाको विषयमा जानकारी दिन पत्रकार सम्मेलनको तयारी

काठमाडौं । बालिका अपहरणमा संलग्न रहेका एक युवालाई प्रहरीको विशेष फोर्सले महोत्तरीबाट पक्राउ गरेको छ ।

कोटेश्वर प्रहरीका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंबाट गएको प्रहरीको विशेष टोलीले अपहरणमा संलग्न रहेको आशंकामा ति युवालाई पक्राउ गरेको हो ।

कोटेश्वर प्रहरीले हरपलसँग कुराकानी गर्दै घटनाको विषयमा संक्षिप्त जानकारी दिएको छ । जानकारी अनुसार काठमाडौंको एक अपहरणको घटनाका संलग्न रहेको प्रहरी अनुसन्धानको आधारमा महोत्तरीको भिटामोडबाट मनीष गुप्तालाई आज पक्राउ गरिएको छ ।

पक्राउ परेका गुप्ता कोटेश्वरकी बबिता शाहकी छोरी सन्विज्ञा शाहको अपहरण घटनामा जोडिएका मुख्य अपराधी रहेको प्रहरीको दावी रहेको छ । उक्त घटनापछि प्रहरीले खोजबिनको कार्यलाई बढाएको बताइन्छ ।

काठमाडौंमा बसेर बालबालिकाको अपहरण र चन्दा फिरौती जस्ता आपराधिक कार्यहरुमा उनको संलग्नता रहेको आशंकामा प्रहरीले उनको खोज बढाएको थियो ।

पक्राउ परेका गुप्तालाई अहिले काठमाडौं ल्याउँदै गरेको बताइएको छ । उक्त घटनाको विषयमा विस्तृत जानकारी दिनको लागि कोटेश्वर प्रहरीले आज दिउँस २ बजे पत्रकार सम्मेलनको आयोजना गरेको समेत जनाएको छ ।