सुदुरपश्चिममा अखिल क्रान्तिकारीको संगठन निर्माण अभियानमा तिब्रता

सूचना प्रविधि संकायमा बामदेवको नेतृत्व

कञ्चनपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल क्रान्तिकारी संगठनको राष्ट्रिय भेलापछि व्यापक रुपमा संगठन निर्माण अभियानमा जुटि रहेको छ ।

पदाधिकारीको कार्य विभाजन पछि प्रदेश संयोजकहरुलाई संगठन निर्माणका लागि फिल्डमा खटाएसँगै संगठन निर्माणका समाचारहरु आइरहेका छन ।

अखिल क्रान्तिकारीले देशका अन्य क्षेत्रका साथै प्रदेश नम्बर सातमा समेत संगठन निर्माणको अभियानलाई तिब्रता दिएको संगठनका केन्द्रीय सचिव तथा प्रदेश संयोजक रामबहादुर महराले हरपल नेपाललाई बताएका छन ।

प्रदेश संयोकका अनुसार कञ्चनपुरमा संगठन निर्माणको अभियान चलिरहेको छ भने कैलाली, डोटी, अछाम, बाजुरा लगायतका जिल्लाहरुमा समेत प्रयासहरु भैरहेका छन ।

त्यहि क्रममा सुदूर पश्चिमाञ्चल विश्व विद्यालयका विभिन्न संकाय तथा विभागहरुमा अखिल क्रान्तिकारीले संगठन निर्माणको कामलाई बढाएको जानकारी प्रात भएको छ ।

अखिल क्रान्तिकारीले सुदूर पश्चिमाञ्चल विश्व विद्यालयको सूचना तथा प्रविधि संकायमा बामदेव भट्टको नेतृत्वमा ११ सदस्यीय कमिटी निमार्ण गरेको छ ।

उक्त कमिटीको उपाध्यक्षमा उज्जल कुमार धामी, सचिवमा महेशराज जोशी, सह सचिवमा संगिका पनेरु र सदस्यहरुमा शिव पाण्डे लगायत ११ जना रहेका छन ।

त्यसैगरी विश्व विद्यालयको वातावरण विज्ञान विभागमा पनि अखिल क्रान्तिकारीले संगठन निर्माण गरेको जनाएको छ । विज्ञान विभागमा कुलबहादुर पुन मगरको नेतृत्वमा ११ सदस्यीय कमिटी निर्माण भएको छ ।

उक्त कमिटीको उपाध्यक्षमा सारदा भट्ट, सचिवमा रमेश भट्ट, सह सचिवमा रासी मल्ल, सदस्यमा सन्तोस साउँद लगायत ११ सदस्य रहेका छन ।

सुदुरपश्चिम विश्व विद्यालयका सबै विभाग र संकायहरुमा कमिटी निर्माण सकेर विश्व विद्यालय स्तरिय मूल कमिटी निर्माण गर्ने तयारीमा रहेको संगठनका नेताहरुको भनाई रहेको छ ।

संगठन निर्माण अभियानमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य टेकेन्द्र साउँद सुदर्शनको प्रमुख आतिथ्यता रहेको बताइएको छ । साउँदले अन्य विभागहरु समेत संगठन निर्माणको तयारी भैरहेको बताएका छन ।