हेर्नुहोस्, एनसेलबाट पूँजीगत लाभकर उठाउँन भन्दै सर्वोच्चले दियो यस्तो आदेश

आजिएटा र एनसेलले लाभकर तिर्नुपर्ने

काठमाडौं । एनसेल कम्पनीको कारोबारमा हुने पूँजीगत लाभकर तुरुन्त उठाउन सर्वोच्च अदालतले आज आदेश दिएको छ ।

प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको आजको इजलासले त्यस्तो निर्देशन दिएको हो।

अदालतले एनसेलको सेयर स्वामित्वमा भएको खरिद बिक्रीको पूँजीगत लाभकर उठाउन भन्दै ठूला करदाता कार्यालयको नाममा परमादेश जारी गरेको छ ।

उक्त लाभकर एनसेल र आजिएटाबाटै उठाउन अदालतले आदेश गरेको छ । तर यसअघि भने आजिएटा र एनसेलले उक्त पूँजीगत लाभकर तिर्न आफुहरुको जिम्मेवारी नहुने तर्क गर्दै आएका थिए ।