ओली–प्रचण्ड भेटवार्ताः एकता र समझदारीको प्रयास

नेताहरु भन्छनः असमझारी छैन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला घटनाक्रम र पार्टी एकीकरणमा भइरहेको ढिलाइबारे छलफल गरेका छन् ।

उनीहरूबीच गत बिहीबार पनि पार्टी एकीकरणमा भइरहेको ढिलाइ र एकीकरण कार्यदलका काममा केन्द्रित रहेर छलफल भएको हो ।

‘दुई अध्यक्षबीच शनिबार छलफल भएको हो, उहाँहरू नियमित संवाद र छलफलमै हुनुहुन्छ, तर बाहिर जे चर्चा भए पनि कुनै पनि विषयमा असमझारी छैन,’ पार्टीका एक नेताले भने ।

नेताहरुका अनुसार पार्टीका धारणाहरू पनि आधिकारिक रूपमा नै सार्वजनिक भइरहेका छन । शनिबारको भेटपछि भने दुवै अध्यक्षले असमझदारी मत्थर बनाउने समझदारी गरिएको बुझिएको छ । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।