भिडियोमा हेर्नुहोस्, आकासमा बेलुन उडाउँदै यसरी रमाए क्रान्तिकारी माओवादीका युवाहरु

संघर्षमा अघि बढ्ने युवाहरुको उत्साह

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का युवाहरु आकासमा बेलुन र हँसिया हथौंडा अंकिन कम्युनिस्ट पार्टीको झण्डा उडाउँदै एक कार्यक्रमबिच नाचगाँन सहित निक्कै रमाएँ ।

क्रान्तिकारी माओवादीले २४ औं जनयुद्ध दिवसमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा युवाहरु त्यसरी रमाएका हुन । युवाहरु जनवादी गीत संगितमा रमाउँदै निक्कै रमाए ।

रमाउँदै जनयुद्ध दिवस मनाउन जुटेका युवाहरुले मुलुकमा दलाल, तस्कर, भ्रष्टहरुको राज भएको र राष्ट्रघात, जनघातका कदमहरु राज्यले बढाएको भन्दै त्यसका विरुद्धमा आफुहरु संघर्षका लागि तयार भएको बताएका थिए ।

सम्बोधन गर्दै माओवादी नेताहरुले व्यवस्था परिवर्तनको आन्दोलनको नेतृत्व गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएसँगै युवाहरुले त्यसलाई तालि, आवाज र सिटीले समर्थन जनाएका थिए ।

पार्टीको दलाल तस्करलाई कारबाही गर्ने र संघर्ष चर्काउने तयारीमा युवाहरुको सक्रिय उत्साह देखिन्थ्यो । उनीहरुले त्यस्ता कार्यक्रम बढाउँनु पर्नेमा जोड दिएका थिए ।

बाँकी भिडियोमा हेर्नुहोस्, यसरी रमाएर मनाउ युवाहरुले जनयुद्ध दिवस….