सुदुरपूर्वको अभियान टोलीद्धारा सीमाक्षेत्रको अनुगमनः यस्तो छ आज दिनभरीको कार्यक्रम

उर्लाबारीमा कोणसभाः विराटनगरमा पत्रकार भेटघाट

फाईल तस्बिर

झापा । नेकपा (क्रान्तिकारी माओवादी) निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले हिजोबाट शुरु गरेको मेची महाकाली राष्ट्रिय जनजागरण अभियान अन्तर्गत सुदुरपूर्वको टोलीले आज सीमा प्रभावित क्षेत्रको अनुगमन गर्ने कार्यक्रम तय भएको छ ।

पन्द्र दिने अभियान अन्तर्गत झापाको काकरभिट्टाबाट शुरु भएको अभियान टोलीले भोली गौरीगञ्ज, ५ स्थित फत्तेपुरमा सीमा प्रभावित क्षेत्रको अनुगमन गर्ने भएको हो ।

उक्त क्षेत्रमा भारतीय पक्षले दशगजा क्षेत्र मिचेर सडक निर्माण गरेको भन्दै स्थानीयवासीहरुले विरोध जनाउँदै आएका छन ।

अभियान टोलीले सीमा निरीक्षण लगत्तै त्यहाँ कोणसभा समेत गर्ने भएको छ । उक्त कोण सभालाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रीक मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले सम्बोधन गर्ने भएका छन ।
यस्तो छ, आज अभियान टोलीको कार्यक्रम

सीमा क्षेत्रको उक्त कार्यक्रम समापनसँगै झापाबाट उक्त अभियान टोली मोरङ जिल्लातर्फ प्रस्थान गर्ने छ । क्रान्तिकारी माओवादी मोरङका इन्चार्ज सिताराम बुढाथोकीका अनुसार गजुरेल नेतृत्वको उक्त अभियान टोलिले आज दिउँस मोरङको उर्लाबारीमा भव्य कोणसभा गर्ने भएको छ ।

उक्त सभालाई मोर्चा अध्यक्ष गजुरेल, देजमोका प्रदेश संयोजक लालबहादुर लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस लगत्तै दाइनिया भन्ने स्थानमा अर्को कोणसभा गरिने भएको छ ।

उक्त कोणसभापछि दिउँस तीन बजें धनपाल गाउँपालिकाको कर्सिया भन्ने गाउँमा स्थानीयवासीहरुसँग भेटघाट तथा अन्तरक्रियाको कार्यक्रम राखिएको बताइएको छ ।

त्यसपछि उक्त अभियान टोली त्यहाँबाट विराटनगरतर्फ प्रस्थान गर्ने र राति त्यहिँ बस्ने बताइएको छ ।

त्यसैगरी उक्त अभियान टोलीले बिहीबार बिहान स्थानीयहरुसँग भेटघाट तथा छलफल गर्ने, दिउँस एक बजे पत्रकार भेटघाट कार्यक्रको आयोजना गर्ने र त्यसपििछ विराटनगर महानगरपालिकामै कोणसभा गर्ने भएको छ ।

यसरी विविध कार्यक्रमहरु गर्दै उक्त अभियान टोली मोरङबाट बिदाई भएर दिउँस तीन बजेतिर सुनसरी जिल्लातर्फ प्रस्थान गर्ने बताइएको छ ।

त्यहाँका विभिन्न स्थानहरुमा समेत कोणसभा, भेटघाट, छलफल, अन्तरक्रिया लगाएतका कार्यक्रमहरु गरिने क्रान्तिकारी माओवादी सुनसरीका इन्चार्ज मनोज श्रेष्ठले बताएका छन ।