विप्लवका केन्द्रीय नेताहरु क्रान्तिकारी माओवादी निकटको जनगणतान्त्रीक मोर्चामा प्रवेश

अभियानसँगै देजमोलाई देशव्यापी समर्थन बढ्दै

काठमाडौं । राजनीतिक नीति तथा कार्यक्रममा खोट देखाउँदै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेताहरु क्रान्तिकारी माओवादी निकटको संगठनमा प्रवेश गरेका छन ।

काठमाडौंमा हिजो सम्पन्न एक खुला कार्यक्रमबिच विल्लवका केन्द्रीय नेताहरुले उक्त खोट देखाउँदै क्रान्तिकारी माओवादी निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालमा प्रवेश गरेका हुन् ।

मोर्चाद्धारा हिजो काठमाडौंको शान्तिवाटिकामा आयोजित मेची महाकाली जनजागरण अभियान उद्घाटनको भव्य सभामा विप्लव समूहका दुई जना नेताहरुले सँगै नेकपा परित्याग परी क्रान्तिकारी माओवादी निकटको उक्त मोर्चामा प्रवेश गरेका थिए ।

मोर्चामा प्रवेश गर्नेहरुमा विप्लव समूह निकटको नेकपाको तमु मोर्चाका केन्द्रीय सदस्य धिरज गुरुङ र इन्दुमाया लम्बू रहेका छन ।

उनीहरुलाई क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य तथा प्रदेश नम्बर तीनका सेक्रेटरी दिनेस शर्मा सागरले रातो अबिरको टिका र दोसल्लाले भव्य सभामा स्वागत गरेका थिए ।

नेता शर्माले मुलुकमा अहिले विचार राजनीतिको नेतृत्व आफ्नो पार्टीले मात्र गरेको भन्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा देखिएका समस्याहरुको कारण र त्यसको समाधानको विकल्प सहित क्रान्तिकारी माओवादी पार्टी र त्यसको अन्य संगठनहरु जनजागरण अभियान लिएर देशव्यापी रुपमा अघि बढेको बताए ।

उनले क्रान्तिको नाममा जनतालाई भ्रममा राख्ने नेता र पार्टीहरु क्रमश जनताको साथ, समर्थनबाट एक्लिदैँ जाने भन्दै आफ्नो पार्टीले सहि, नीति र कार्य योजना बनाएको र त्यो जनअधिकार तथा सरोकारका विषयमा जोडिएको कारण पछिल्लो समयमा जन समर्थन बढ्दै गएको बताए ।

देशको विभिन्न स्थानबाट क्रान्तिकारी माओवादी र त्यसका विभिन्न संघ, संगठनहरुमा अन्य पार्टीहरु परित्याग गरी प्रवेश गर्नेको लहर चलेको भन्दै उनले पार्टीलाई क्रान्तिकारी धारमा तिखार्दै लिनुपर्नेमा समेत आफुहरुको जोड रहने बताए ।

उक्त पार्टी निकटका विभिन्न संगठनहरुले दलाल, तस्कर र भ्रष्टाचारीहरुलाई कालोमोसो सहितको कारबाही अगाडी बढाउँदै गएको अवस्थामा देजमोले देशव्यापी रपमा चलाएको मेची महाकाली जनजागरण अभियानले जनतामा थप प्रभाव पारेको क्रान्तिकारी माओवादीका नेताहरुको ठम्याई रहेको छ ।

केहि समय अघि सुर्खेत, दैलेख, वाग्लुङग लगायतका जिल्लाहरुमा विभिन्न पार्टी परित्याग गरी क्रान्तिकारी माओवादी निकटको मोर्चा र विभिन्न संगठनहरुमा प्रवेश गर्नेको लहर देखिएको थियो । पार्टी प्रवेशको कार्यक्रम निरन्तर चलिरहेको नेताहरुको भनाइ रहेको छ ।

देजमो नेपालले राजधानीमा आयोजना गरेको उक्त अभियानको उद्घाटन सभामा पार्टीका पोलिटव्यूरो सदस्य तथा प्रदेश सेक्रेटरी दिनेश शर्मा, पार्टीका पोलिटव्यूरो सदस्य तथा मोर्चाको ३ नम्बर प्रदेश संयोजक पवनमान श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्य हरीकृष्ण गजुरेल, मोर्चाका सचिवालय सदस्य कान्छाराम तामाङ, मोर्चाका केन्द्रीय सदस्य भरत बुर्जा मगर, मोर्चाका केस तथा काठमाडौं अध्यक्ष खगेन्द्र छन्त्याल लगायतको उपस्थिति रहेको थियो ।