देशव्यापी उत्साह बटुल्दै देजमोको मेची महाकाली अभियान: नेताहरुद्धारा सीमा क्षेत्रको अनुगमन(भिडियोसहित)

भारतीय हस्तक्षपकारी नीतिको विरोध गर्नुपर्नेमा जोड

झापा । नेकपा (क्रान्तिकारी माओवादी) निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले गत मंगलबारदेखि शुरु गरेको मेची महाकाली राष्ट्रिय जनजागरण अभियानको क्रममा विभिन्न स्थानहरुमा कोणसभाका साथै सीमा अतिक्रममित क्षेत्रको अनुगमन समेत गरेको छ ।

उक्त अभियानको क्रममा बुधबार (हिजो) मोर्चाले भण्डा, पर्चासहित राष्ट्रियताको सुरक्षा गरौं, देश र जनताको नाममा लुट्न पल्केकाहरु मुर्दावाद ! भन्ने जस्ता नारा लगाउँदै सीमा अतिक्रममित भूभागको अनुगमन गरेको हो ।

सुदुरपूर्वको झापाबाट शुरु भएको सीपी गजुरेल नेतृत्वको अभियान टोलीले झापाको गौरीगञ्ज, ५ फत्तेपुर स्थित पिलर नम्बर १५० देखि १५१ सम्मको प्रत्यक्ष अनुगमन गरेको हो ।

उक्त सीमावर्ति क्षेत्रको अनुगमनका क्रममा देजमोका अध्यक्ष जगुरेल, संगठनको प्रदेश नम्बर १ का संयोजक नरेन्द्र राई, पार्टी केन्द्रीय सदस्यहरुका साथै सयौं शुभेच्छुक, समर्थकहरुको टीम त्यतातिर गएको हो ।

अनुगमनपछि उक्त क्षेत्रमा गरिएको क्रान्तिकारी माओवादी झापाका सेक्रेटरी विमलले कार्यक्रम संञ्चालन गरेका थिए । क्रान्तिकारी माओवादी झापाका सेक्रेटरी विमलले अनुगमन पछिको कोणसभालाई सम्बोधन गरेका थिए ।

उक्त क्षेत्रको अनुगमनपछि पत्रकारहरुसँग छोटो प्रतिकृया दिदैँ नेता गजुरेलले राज्यको निरिहताका कारण मुलुकका विभिन्न ७१ वटा सीमाक्षेत्रमा समस्याहरु बढेको बताए ।

नेता गजुरेलले भने–‘हामी मेची महाकाली अभियान अन्तर्गत सीमा अतिक्रमित क्षेत्रमा अनुगमनको कार्यक्रमको सन्दर्भमा यहाँ आएका हौं । यहाँ भारतीय पक्षबाट नेपाली जमिन मिचेको पाइयो । पिलर नम्बर १५० देखि १५१ सम्म पुग्दाखेरी दशगजा क्षेत्रमा भारतले एकलौटी रुपमा ६ फिट चौडा पिच बाटो बनाउन खोजेको पाइयो, त्यसको नेपाली पक्षबाट विरोध आएपछि हाललाई त्यो काम रोकिएको रहेछ ।’

त्यस्तै उनले भने–‘दशगजा क्षेत्रमा भारतले आफ्ना नागरिकलाई बसाएको देखिन्छ । त्यहाँ भारतले ४२ घरपरीवारलाई बसाएको देखियो । यसरी नेपाली भुमिमाथि हस्तक्षेप भैरहदा पनि नेपाल सरकारले ध्यान दिएको देखिन्न, यसरी ध्यान नदिने हो भने जनताहरु त्यसको विरुद्धमा सडकमा उत्रिन्छन, यति मात्र होइन सीमा अतिक्रमित क्षेत्रका समस्याहरुको विषयमा राज्य निदाएको देखिन्छ, हाम्रो आग्रह ब्यूझनुहोस भन्ने छ, त्यसमा सरोकारवाल निकाय र राज्यले आफ्नो ध्यान केन्द्रीत गरोस्, त्यसो नभएमा जनताको अगाडी संघर्ष मात्र बाँकी रहन्छ ।’

वर्तमान ओली सरकारले भारतीय विस्तावादी नीतिलाई घुमाउरो ढंगले सहयोग गर्दै आएको नेता गजुरेलले आरोप लगाएका छन । उनले राष्टघाती, जनघाती कामहरु, गितविधीहरु नरोकेमा त्यसको विरुद्ध जनताहरु सडकमा उतित्रुपर्ने अवस्था आउँने प्रति संकेत गरे ।

नेता गजुरेलले अतिक्रममीत सीमा क्षेत्रको अनुगमनपछि त्यहाँका स्थानीयवासीहरुसँग कुराकानी समेत गरे । स्थानीयवासीहरुले खुला सीमा र भारतको भूमि हडप्ने नीतिका कारण तमाम खालका समस्याहरु भोग्नुपरेको बताएका थिए ।

उनीहरुले दशगजामा भारतीय एसएसपिले एकतर्फि रुपमा बनाउन लागेको पिज सडक निर्माणको काम बन्द गरी सीमा क्षेत्रलाई व्यवस्थीत तथा बन्द गर्नका लागि पहल गरिदिन नेता गजुरेलसँग आग्रह गरेका थिए ।

गजुरेलले स्थानीयवासीको समस्या तथा गुनासो सुनिसेकेपछि देश र जनताले भोगनुपरेका तमाम समस्याहरुको हल गर्नका लागि वर्तमान संसदीय व्यवस्थालाई जरैबाट उखेलेर फाल्नुपर्ने बताए ।

उनले जनताको हक, अधिकार प्राप्त गर्नको लागि संघीय जनगणतन्त्रको लागि पुर्न एकपटक अन्तिम क्रान्तिको तयारीमा सहयोग, समर्थनको आफ्नो पार्टीले अपेक्षा गरेको समेत बताए ।

त्यस्तै मोर्चाका केन्द्रीय सचिव परी थापाले सुदुरपश्चिमको कञ्चनपुरबाट शुरु गरेको अभियान टोली विभिन्न कार्यक्रमसहित निरन्तर अघि बढ्ने बताए । उनले मेची महाकाली अभियानका क्रममा देजमोको टोलीले सीमावर्ति क्षेत्र पुर्नवासमा समेत अनुगमन गरेको छ ।

उक्त अभियान टोलीले हिजो कञ्चनपुरको पुनर्वास–४ गोविन्द बजार क्षेत्रमा त्यस्तो सभाको आयोजना गरको थियो ।

अनुगमनपछि मोर्चाका सचिव परी थापाले नेसीमा रक्षाका लागि जस्तो सुकै आन्दोलन र बलिदानीपूर्ण संघर्षका लागि जुट्न सम्पूर्ण युवाहरुलाई विशेष आह्वान समेत गरे ।